'गंगा ! कति गफ मात्रै गरेर बसेकी ! वस्तुभाउ कराएर किलो फुस्काउन लागिसके यसो घाँस हाल्न पर्दैन ?’ आमाले चिच्याएर कराउनुभयो ।
ऊ आमाको कुरै नसुनी म्यासेन्जरमा बोलिरही । घरमा घाँसपराल बाहेक गर्नुपर्ने काम निकै थियो । तर फुर्सद भयो कि मोबाइलमा झुन्डिहाल्थी ऊ ।
'छोरी ! बिहानै–बेलुकै कोसित बोलेर बसेकी ?’ बेलुकी आमाले अल्लि दबेको स्वरमा सोध्नुभयो ।
‘हाम्रो सरसित बोलेको नि त !’ गंगाले सहज तवरले भनिन् ।
‘ए बुढा मान्छे भएजस्तो लाग्याथ्यो । धेरै बोल्न हुन्न है सर सर जो भए पनि’ आमा अल्लि झर्कनु भयो ।
‘अहिले केटीहरूले कति बुढाबुढासित बिहे नै गरेका छन् । म त बोलेको मात्रै त हो नि !’ गंगाले फिसलेर बोली ।
आमाको भ्रम निवारण हुँदै थियो, त्यतिबेलै गंगाले कान मै पुगेर लाडिएर भनी, ‘यसपालीको नयाँ वर्षमा मलाई स्कुटी किन्दिन्छु भन्नुभा’छ क्या !’
– सिन्धुपाल्चोक, हालः काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment