जेठ, २३ गते शुक्रवारका दिन पोखराका साहित्यकार धर्मराज पौडेल 'अल्पायु'को नयाँ कृति मुक्तक सङ्ग्रह 'न घाम न जून' एक समारोहका बीच लोकार्पण गरिएको छ । लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ थिए भने विशेष अतिथिहरूमा डा . एम बहादुर पौडेल क्षेत्री, स्वतन्त्र पत्रकार कृष्णप्रसाद बॉस्तोला, गण्डकी प्रदेश पूर्व कुलपति सूर्य खड्का बिखर्ची, चित्रकार यादव चन्द्र भुर्तेल रहेका थिए । यस्तै कार्यक्रम सञ्चालन संस्कृत विद्यालयका प्राध्यापक अम्बिकाप्रसाद भट्टराईले गरेका थिए ।
कार्यक्रममा स्रष्टाको परिचय साहित्यकार प्रतिभा शर्मा तिमिल्सीनाले गरेकी थिइन भने कृतिका बारेमा डा. लक्ष्मी शरण अधिकारीले परिचर्चा गरेका थिए, जसमा पौडेलको लेखन शैली र काव्यमा रहेको गहिराईका बारेमा विस्तृत रूपमा चर्चा गरिएको थियो ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment