Pages

Saturday, August 23, 2025

कविता संसार मासिक अङ्क २४ (सम्पादकीय)



हालका वर्षहरूमा नेपालमा साहित्यिक गतिविधि उल्लेख्य रूपमा बढेको छ । दिनहुँजसो कतै न कतै पुस्तक विमोचन, काव्य गोष्ठी वा विविध साहित्यिक कार्यक्रम भइरहेको देखिन्छ । यसलाई साहित्यिक चेतना जागृत हुँदै गएको सकारात्मक संकेतका रूपमा लिन सकिन्छ । तर, यस्ता कार्यक्रममा केही अस्वस्थकर प्रवृत्तिहरू पनि बढ्दै गएको छ । तोकिएको समयमा कार्यक्रम सुरु गर्न नसक्ने, उपस्थित अतिथिहरूले अनावश्यक रूपमा लामो भाषण गर्ने, विषयसँग सम्बन्ध नभएका प्रसङ्गमा अल्झिने जस्ता बानीले कार्यक्रमलाई लम्ब्याउने मात्र होइन, श्रोताहरूलाई पनि थकित बनाउने गर्दछ । साहित्यिक रसास्वादन र सिर्जनशील वातावरणलाई जीवित राख्न आयोजकहरू यसतर्फ सचेत रहनु अति आवश्यक छ ।

हाम्रो यो अङ्क दोस्रो वर्षको अन्तिम अङ्क हो । सुरुको बाटो कहिल्यै सजिलो थिएन, तर यस यात्रामा साथ, प्रोत्साहन र माया व्यक्त गर्नु हुने सम्पूर्ण साहित्यकार, पाठक तथा शुभेच्छुकहरूप्रति हामी हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छौँ । तपाईँहरूको योगदान र हौसलाले नै हामीलाई यहाँसम्म पुर्‍याएको हो । अबका यात्रामा पनि त्यही निरन्तरता कायम रहोस् भन्ने हाम्रो हार्दिक अपेक्षा छ ।

साहित्यिक यात्रा कहिल्यै समाप्त हुँदैन । बदलिँदो समय र नयाँ पुस्ताको सिर्जनशीलताको बीचमा हामीले पनि आफ्नो सानो योगदान दिन सकियोस् भन्ने चाहना रहेको छ । यही चाहनासहित आगामी दिनहरूमा अझ सशक्त र अर्थपूर्ण उपस्थितिका लागि प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्दै—

अङ्क २३ पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस्


.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।



No comments:

Post a Comment