कृपा शर्मा र कृष्ण विश्वकर्माको अन्तरजातीय प्रेम विवाह भएको थियो । समाजले अत्यन्त घृणा गरेपछि ज्यामिरे गाउँको पनि एकान्त कुनामा बसेका कृपा र कृष्ण आत्मसम्मानको खोजीमा मुग्लान भासिए । मुग्लानमा पनि उही मान्छे ! उस्तै परिवेश ! बर्मा गए कर्म सँगै ! नेपाल गए, कपाल सँगै ! भने झैं भयो । तैपनि उनीहरूले हिम्मत हारेनन् । गाउँलेहरूसँग घुलमिल भएर, उनीहरूलाई सहयोग गरेर, उनीहरूको मन जितेरै छाडे ।
मिठो बोली, सहयोगी, भावना, सहनशील स्वभाव अनि मेहनती बानीले गर्दा ती अन्तरजातीय जोडी अहिले मुग्लानबासीका प्रिय पात्र बन्न सफल भए । जात–पातको विभेदलाई उनीहरूको असल आचरणले दूधका दूध पानीका पानी बनाई दियो । त्यसैले आज कृष्ण र कृपा दयावान् भगवान् प्रति नतमस्तक छन् । अनि कृत्य कृत्य छन् । अस्तु !
- गोंगबु गणेशस्थान काठमाडौं टोखा ९
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment