Pages

Tuesday, September 16, 2025

अनुवाद लघुकथा (अङ्क २७ मा प्रकाशित)


धारिलो चक्कु सिधै पेटमा घुस्यो र आन्द्रा–भुँडी बाहिर निस्किएर भुइँसम्म पुग्यो । लाजघीनको पर्दा काटिएर शरीरबाट अलग भयो र चक्कु चलाउनेलाई अफसोस भयो। उसको मुखबाट शब्द निस्किएः “अरे, यो त आफ्नै धर्मको रहेछ ! दाह्री–जूँगा नराख्ने यो समयमा चिन्नै गाह्रो हुँदोरहेछ । साला, धर्मको पहिचान नै नहुँदो रहेछ ।”

लाश सडकमा लडिसकेको थियो । चक्कु चलाउनेलाई हत्या गरेकोमा भन्दा पनि पाप भयो कि भन्नेमा अफसोस थियो ।

– नयाँ दिल्ली, भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment