Pages

Tuesday, September 16, 2025

अनुवाद लघुकथा (अङ्क २७ मा प्रकाशित)


अमर शहीद  'दीपक' को पार्थिव शरीर देखेर पूरै गाउँ रोइरहेको थियो । तर उनकी श्रीमती भने केही खोजिरहेझैँ गरी शवलाई नियाल्न व्यस्त थिइन् ।

जब कसैले उनलाई झक्झक्याउँदै सोध्योः “के भयो? के खोज्दै हुनुहुन्छ?”

उहाँले भन्नुभएको थियो,  'जब म शहीद हुन्छु, तब यो पदक मेरो छातीमा राखिदिनु है! म यसलाई आफूसँगै लैजान चाहन्छु।' मासुको यो थुप्रोमा त्यही छाती खोजिरहेकी छु।

– बिजुरी, मध्य प्रदेश, भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment