"हिजो अस्ति गएको । एक महिना नपुगी फर्केछस् त । कहिले आइस् ?’’ अमेरिकामा काम गर्ने साथीलाई घरमा देखेर श्यामले सोध्यो ।
“त्यस्तै नआई नहुने काम पर्यो । एकहप्ता भयो । घरमा हिजो आएको । भोलि फर्कि हाल्छु ।’’ रामले जवाफ दियो– “मसँगै काम गर्ने साथीको बाबा बित्नु भयो त्यसैले आएको हुँ ।’’
“मरौको निम्ति ४०/५० हजार खर्च गरेर आएको?’’ श्यामले आश्चर्य मान्दै भन्यो । श्यामको कुरा सुनेर रामले जवाफ दियो– “यहाँ पैसाको कुरा हैन साथी । मित्रता र मानवताको कुरा हो । अन्तिम बिदाईको कुरा हो । संस्कार र संस्कृतिको कुरा हो । उपस्थिति र सहानुभूतिको कुरा हो । भोलि पालो आए पछि हामी सबै जानु पर्दछ । हामीलाई घाटसम्म साथ दिने पनि त हुनु पर्यो नि होइन र?
रामको कुरा सुनेपछि श्यामले शिर हल्लाउँदै भन्यो– “मुख्य कुरा भनेको पर्मको कुरा रहेछ । मैले बुझेँ साथी । मेरो साथीको सोचलाई सलाम छ ।’’
- गोरुबथान, दार्जिलिङ


No comments:
Post a Comment