उसले मोबाइल खोल्ना साथ “संयुक्त राष्ट्र संघले नेपालको फलानो नेतालाई विश्व प्रसिद्ध सम्मान दिने घोषणा गर्यो’’ भन्ने शीर्षकको समाचार अनलाइनमा देख्यो ।
उक्त समाचार आएको आधा घण्टाभित्रै दशौँ हजारद्वारा सेयर गरिनुका साथै सो समाचारमाथि उत्तिकै संख्यामा प्रतिक्रिया प्रकट भइसकेको रहेछ !
प्रतिक्रियाहरू हेर्दा, नेता र उनका पार्टीका पक्षधरबाट सकारात्मक र विपक्षबाट नकारात्मक विचार व्यक्त भएका देखिन्थे ।
उसलाई ज्यादै खुल्दुली लाग्यो, आखिर नेताले सम्मान पाउनु र यस्ता प्रतिक्रिया आउनुको कारण के रहेछ ! उसले समाचार पढ्न दिइएको लिङ्कमा थिच्यो ।
“मानिसमा विषयवस्तु नबुझी हचुवामा प्रतिक्रिया जनाउने प्रवृत्ति बढेको भन्ने बारेमा अध्ययन गर्न हामीले यस्तो काम गरेका हौँ । यो पूर्णतः गलत समाचार हो ।’’ भित्र लेखिएको थियोे ।
- उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौँ –७
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment