Thursday, November 27, 2025

लघुकथा (अङ्क २९ मा प्रकाशित)


 

सेतो कपडामा लौरो टेक्दै बा आए । 

बा सेतो धोतीमा शुद्ध हुँदै श्राद्ध पूजन गर्न थाल्नुभो । श्रद्धापूर्वक बा कर्म गर्दै हुनुहुन्थ्यो । 

अचानक सेतो वस्त्रमा लठ्टी टेक्कै ऐय्या र  आत्थु गर्दै झर्को मानी  मानी हजुरबा आएर नजिकको मेचमा बस्नुभो । मैले सोधेँ हजुरबा ! तपाईं त पठ्ठो केही नभको जस्तो हुनुहुन्थ्यो । अचानक हृदयाघात भएर बित्नुभो । तर आज यो हालत । कसरी यस्तो बूढो देखिनुभा ?

हजुरबाले दुखित हुँदै जवाफ दिनुभो, “म बितेपछि रूवाबासी भै शोकमा  दुख्खित तिमीहरूले घाटमा मलाई जलाउँदा आँखा छलिहाल्यो नि !’’

“कस्ले आँखा छल्यो हजुरबा?’’ मैले  सोधेँ ।

“घाटे बाहुनले मेरो शरीर जलाउँदै गर्दा तिघ्राको एकपाटो मासु गायब पार्‍यो  र बेच्यो रेष्टुरेन्टमा  । त्यसको  असरले  घाउ निको  हुँदैन  । अनि  धोती लगाएर हिँड्छु । तेरा बाले श्राद्धको निम्तो दियो । सकिनसकी आएँ ।’’ हजुरबाले दुखेसो पोखे । 

ओहो ! कस्तो सपना देखेछु मैले ।

- सुकेधारा, काठमाडौँ, हालः स्लाऊ, युके

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment