Pages

Wednesday, November 26, 2025

लघुकथा (अङ्क २९ मा प्रकाशित)


"अहो ! आज त तिम्रो अनुहार चन्द्रमाझैँ चम्केको देख्छु नि । फेरि दिनभरि घरमा पनि त थिईनौ । कहाँ गएकी थियौ ? नढाँटी भन त मलाई ।’’ उमाले सोधिन् । प्रश्न सुनेर कला केही नबोली मुसुमुसु हाँसिरहिन् । "आज शनिबार छुट्टीको दिन पनि घरमा नबसेर कहाँ सवारी चलेको थियो कुन्नि, रानी साबको !’’ ठट्टा मिश्रित स्वरमा उमाले प्रश्न तेर्स्याइन् ।

“आज म माइती गएर आएकी !’’ कलाको उत्तर रह्यो । “भो भो ! हामीलाई मूर्ख बनाउन नखोज । तिम्रो माइती कहाँ हो भन्ने हामीलाई थाहा नभएको हो र !’’ उमाले थपिन् । कलाले विश्वास दिलाउँदै प्रष्ट्याइन्, “साँच्चिकै हो के, पत्याउन भन्या !’’ 

उमाले आश्चर्य मान्दै सोधिन्, “तर कसरी ?’’

कलाले जवाफमा प्रष्टाइन्, “म आज प्रज्ञा प्रतिष्ठानको एक साहित्यिक कार्यक्रममा गएकी थिएँ जहाँ मैले थुप्रै साहित्य अनुरागीहरूलाई भेटेँ र मेरा खुसीहरू साटेँ । अब तिमी नै भन, जुन ठाउँमा जाँदा र जसलाई भेट्दा मन प्रसन्न हुन्छ त्यहीँ नै होइन त माइती ?’’

- भूमिकास्थान अर्घाखाँची, हाल ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment