जुठेले आफ्नी आमासँग सोध्यो ।
–“आमा ! अब हामी कहाँ जान्छौं ?’’
शीलाले डोकामा भाँडा र लुगा राख्दै भन्छिन् ।
–“अब हामी आफ्नो त्यही गोठेघरमा जान्छौँ छोरा !’’
जुठेले फेरि प्रश्न गर्यो ।
–“अब यो ठुलो घरमा को बस्छ आमा ?’’
आफ्नो पाँच वर्षको छोरा यसरी चिन्तित् भएर प्रश्न राख्दा शिला भावुक हुन्छिन् । सानो बालमस्तिष्कले निरन्तर बुझ्न खोज्दा उनी अचम्मै पर्छिन् ।
–“बाबु ! यो घर अब हाम्रो होइन नि ! हाम्रो घर त सानो छ । तर हामी सबै अटाउँछौँ । घर ठूलो भएर मात्र हुँदैन, सुरक्षित पनि हुनुपर्छ । घरभित्रको कुरा घरभित्रै रहन सक्यो भने त्यही घर हो ।’’
शिलाले डोको बोक्दै उत्तर दिइन् ।
–“आमा । यो घर ठुलो भएर पनि के फाइदा ? यसभित्र हाम्रा कुरा अटाएनन् र छचल्किए ।’’
जुठेले आमाको डोकोतिर नियाल्दै भन्यो ।
–“हो नि बाबु !
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment