"काका ! म पढेर पनि किन बेरोजगार ?” युवकले मोबाइल झोलामा हाल्दै सोध्यो ।
चोकको पुरानो पीपलमुनि धुलो उडिरहेको थियो । सडकमा पोस्टर टाँस्नेहरूको भीड थियो, नाराका आवाजहरू हावामा तैरिरहेका थिए ।
काकाले युवकलाई ध्यानले हेरे । “पढाइ कम भयो कि अवसर ?”
“पढाइ त धेरै गरियो,” युवकले गुनासो पोख्यो, “तर जागिर भने पहुँचले पाउँदो रहेछ । मेहनत त मानौँ धुलोझैँ उड्छ ।”
पीपलका पातहरू हल्का हल्लिए, मानौँ समयले आफैँ केही भन्न खोजिरहेको हो ।
काका मुस्कुराए, “त्यसो भए तिमी के बन्ने सोच्दैछौ ?”
युवकले टाढा झुण्डिएका ब्यानरहरू हेर्यो, जहाँ ठूला अक्षरमा ‘परिवर्तन’ लेखिएको थियो ।
“सायद नेता,” उसले धीमे स्वरमा भन्यो, “त्यसपछि त अवसर आफैँ आउँदो रहेछ ।”
काका केही बेर मौन रहे ।
पछि गहिरो स्वरमा भने, “देशलाई नेता होइन, न्यायलाई रोज्ने नागरिक चाहिएको छ ।”
– कञ्चनरूप–१२, रूपनगर, सप्तरी
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment