Saturday, February 10, 2024

अनुवाद लघुकथा (अङ्क ९ मा प्रकाशित)

प्रतिक्रिया

-रविशंकर सिंह
रानीगंज, पश्चिम बर्धमान पश्चिम बंगाल  


बच्चाको जन्मदिनमा उनको बुवाले खेलौना उपहार ल्याएर दिएका थिए । त्यो पाएर बच्चा निकै खुसी भए । सो खेलौना बोकेर बच्चा बाहिर खेल्न गए । जब बच्चा खेलेर फर्केपछि खेलौनाको अनुहारमा केही धब्बा लागेको देखियो भने त्यसको एक हात पनि भाँचेको पाइयो ।

आफूले ल्याइदिएको खेलौनाको यस्तो हविगत देखेर उनले बच्चाको कान निमोठ्दै भने, यस्तो पनि गर्ने हो? तिमीलाई झ्याम्म एक झापड दिउँ ।

बच्चालाई पिट्न लागेको देखेर आमाले फकाउँदै भनिन्, ‘‘भन्न त नानी, तिमीले यस्तो किन गरेको हो? तिमीलाई बुवाको रिस त थाहा छ नि !’’

बच्चाले निन्याउरो मुख पार्दै भनिन्, ‘‘आमा मैले खेलौनाको बिहे गरिदिएको थिएँ । मलाई लाग्यो, बुवाले जसरी तपाईंलाई कुट्नु हुन्छ । यसको दुलहाले पनि त्यसरी नै यसलाई कुट्छ होला । अतः मैले सोचेर नै यसको अनुहारमा कालो धब्बा लगाइ दिएको हुँ । त्यसपछि तपाईंलेजस्तै यसले पनि कुटाइ खाएर चुपचाप आँसु बगाउन नपरोस् भनी यसको एक हात भाँचेको हुँ ।’’

सुन्नु भो नि ! बच्चाको आमाले कराउँदै भनिन् ।

आफ्नो बच्चाको यस्तो कुरा सुनेर बुवा चाहिँले बच्चासित आँखा जुधाउने साहस गर्न सकेन ।

अनुः गगनदीप सर्व

No comments:

Post a Comment