विसङ्गति र सुनपानी
यतिखेरको मौसम आन्दोलनरत छ । सडकदेखि सदनसम्म यसकै लहरले तरङ्गीत भएका छन् । हरेक क्षेत्रमा विसङ्गति र बेथितिले जरा गाडेको पाउँछौ । चोखो भनेको यहाँ आज केही देखिएन । यस्तो परिस्थितिमा को बाट के आशा राख्ने हो, यो प्रश्नले हरेकको माथिङ्गल घुमाएको छ ।
यहाँ के हुन लागेको हो, कसैले भेउ पाउन सकेको छैन । यस्ता घटनाले हरेकलाई सन्त्रासपूर्ण जीवन जीउन वाध्य तुल्याएको छ । यहाँ कसैको आश र भर पर्नुपर्ने कोही भए जस्तो लागेन । यिनै कारणले विदेश हिड्नेहरुको लर्को दिन प्रतिदिन बढ्दै गइरहेका छन् । यसलाई बेलैमा रोक्न सकेन भने भोलि भयावह स्थिति आउन सक्दछ । यसतर्फ सचेतना पनि देखिँदैन, किन हो?
यो हाम्रो वाध्यता हो या विवशता के हो? यसको निर्क्यौल गर्न हामी चुकिरहेका छौ । यसबारे किन कसैले चुँक्कसमेत बोलेका छैनन् । हरेकले आज देश छोड्न कुनै संकोच नमानिकन निस्फिक्री हिँडेको देखिन्छ । तीमध्ये कतिजना भोलि स्वदेश सम्झेर फर्किने हो, त्यसका लागि हातका औंला नै काफी होला ।
अन्तमा, लघुकथा संसार तपाईंहरुको अपार मायाले निकै पुलकित भएका छौं । यसकै परिणामले यहाँसम्म यात्रारत गर्न सफल भयौं । आगामी दिनहरुमा ऊर्जासहित उपस्थित हुन तयारीसाथ लागि परेका छौं । आशा छ, नयाँ दिनमा नयाँ सोचका साथ केही गर्न प्रेरणा दिने ठानेका छौं ।
अङ्क १० पढ्न र डाउनलोड गर्नका लागि
No comments:
Post a Comment