1
गर्नु छ व्यर्थ तेराे मेराे, लानु के छ र भाइ !! शिक्षालय हाे जीवन हाम्रो, चल्छ नित्य सिकाइ ।
`मै हुँ ज्ञानी, मै हुँ जान्ने´ घमण्ड ब्यर्थ छ भाइ ।। कलुषित मनले धर्म कमिन्न, दिनहुँ मन्दिर धाइ ।
परपीडा नै पाप कर्म हाे, बिर्सनु हुन्न है भाइ ।। प्रेमभावले बाेलाैं सबसँग, यही हाे ठूलाे कमाइ ।
अरुको मनमा स्थान बनाइ, जानु पर्दछ भाइ ।। पूर्वजन्मकाे पुण्यकर्मले, मानवचाेला पाइ । `कर्म´ लिएर पर्दछ जानु, जीवन यै हाे भाइ ।। सेवा गर्दै दीनदुःखीकाे, दिन बिताेस् रमाइ`
जति छ शेष, त्यै हाे विशेष, जीवन बुझ है भाइ ।। चाैरासीकाे चक्र पुरा गरी, मानवचाेला पाइ ।
व्यर्थ नफालाैं जीवन आफ्नो, मर्नु पर्दछ भाइ ।।
2
बाहिर निस्कि, ए मन मुर्ख, च्याति भ्रमकाे पर्दा ।
व्यर्थ छ गर्नु, तेराे मेराे, के छ र लानु मर्दा ।।
आँखाहरुले, देख्छन् जति ती, सारा सेरोफेरो ।
मुढ ए मन तँ, ठान्छस् किन, याे हाे सबै नै मेराे ।।
हाेला पछुतो अन्तिम बेला, काल अगाडि सर्दा ।
व्यर्थ छ गर्नु, तेराे मेराे, के छ र लानु मर्दा ।।
ठूलो-सानाे, धनी-गरीब, भ्रम हाे दृष्टिकाे मात्रै ।
हात पसारी जानु छ सबले, ओढि सेताे कात्रै ।।
गरे सुकर्म, सजिलो हाेला, वैतरणी नदी तर्दा ।
व्यर्थ छ गर्नु, तेराे मेराे, के छ र लानु मर्दा ।।
3
4
छ नै के र मेराे, गराैं के म अर्पण !
सबै हाे याे तिम्रै, तिमी मै समर्पण ।।
म जान्दिन केही, पकाउन मीठो ।
त्यसैले चढाएँ, प्रभाे, जल र पिठो ।।
मीठो मानी खाऊ, खुसीले रमाइ ।
कृपादृष्टिले, हेरिदेऊ हामीलाई ।। छ नै के र...
रुखा ती कनिका, पकवान मानी ।
चढाएँ तिमीमा, महाभाेग ठानी ।।
सबै प्रेम घाेलेर, अर्पें चरणमा ।
ग्रहण गर्दिनुस्, हे प्रभु छु शरणमा ।। छ नै के र...
न सक्छु चढाउन, बैजयन्ति माला ।
न कस्तुरी चन्दन, न ता बाघ छाला ।।
तथापि चढाएँ, प्रभाे भाव-भक्ति ।
म निर्धाे मनुवा, यति नै छ शक्ति ।। छ नै के र...
लिई नाम तिम्रो, जति जे जुटाएँ ।
नमीठा चढाएँ, मीठा आफू खाएँ ।।
गरि लाेभ भाे, भूल जानीनजानी ।
दयानाथ राख, कृपा पुत्र ठानी ।। छ नै के र...
भएँ धेर आशक्त, तृष्णा र धनमा ।
म छु पूर्ण भन्ने, थियाे दम्भ मनमा ।।
रहेछु म रित्तो, गरुँ के समर्पण !
गरें भावले प्रेमका पुष्प अर्पण ।। छ नै के र...
5
छँदा गर्भमा, साेच्दथें याे म गर्छु ।
-कुमारीगाल, उमामहेश्वर मार्ग, काठमाडौं -७
यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि trichandra.shrestha@gmail.com
No comments:
Post a Comment