सहिद दिवस मनाइँदै थियो । जुलुस निस्कियो । विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण सहभागी सो जुलुस विभिन्न किसिमका नारा लगाउँदै सहिदहरूको सालिकसामु पुग्यो ।
विभिन्न क्षेत्रको सहभागिता रहेको सो कार्यक्रममा उच्चपदस्थहरूको पनि उपस्थिति थियो । त्यसमा हिजो क्रान्तिको नाममा अपराध गर्नेहरू पनि थिए ।
औपचारिक कार्यक्रम प्रारम्भ भयो । सबैले सहिदको सम्मानमा शिर झुकाए । मौनधारण गरे । अनि पालो थियो सहिदको शालिकमा माल्यार्पणको ।
अग्लो स्थानमा रहेको शालिकमा माल्यार्पणका लागि प्रमुख अतिथि त्यहाँ ठड्याइएको सिँढीमा चढे । तलबाट कसैले उनलाई अबिर र माला समाउन आग्रह गर्यो ।
यस्सो पछाडि के फर्केका थिए, सन्तुलन बिग्रिएका कारण सिँढी चिप्लियो र उनी भुईंमा बजारिए ।
भीडबाट कसैले भन्यो, ’सालिकको पनि आँखा हुँदो रहेछ कि क्या हो?’
---------------------------------------
.....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment