Friday, January 24, 2025

साभार लघुकथा (अङ्क २० मा प्रकाशित)


 
कोही मानिसहरू अरू सबैको उज्यालो सोहोरेर डकारिरहेका थिए । टाढाबाट उज्यालो देखिन्थ्यो । टाढा कतै डकारेको सुनिन्थ्यो । डकारेको आवाजले झुपडीबस्तीमा भुँइचालो आउँथ्यो । प्रकाशले यदाकदा आँखा खान्थ्यो । टाढाको उज्यालो देखेर यता पनि छरिन्छ कि भनी कहिले आशा पनि पलाउँथ्यो ।

– उज्यालो थियो, तर सबैलाई थिएन ।
– डकार थियो, तर सबैलाई थिएन ।
– सबैमा आशा थियो, उपलब्धि थिएन ।

मानिसहरू एकजुट भएको उज्यालो हामीले पाउनैपर्छ । उनीहरू उज्यालोतर्फ लम्किए । प्लेकार्ड बोके । नारा लगाए । वालपेन्टिङ गरे । जुलुस गरे । भाषण गरे ।

तर,
उज्यालो
भेटियो–भेटियो भयो भेटिएन ।
उज्यालोमा पुगियो–पुगियो भयो पुगिएन ।

मानिसहरू जति दर्गुथे उज्यालो उति नै पर पो भाग्दो रहेछ, तर उज्यालाको लडाँइ जारी छ । त्यो फगत मृगतृष्णा मात्र हुन सक्दैन ।


---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment