Friday, January 24, 2025

अनुवाद लघुकथा (अङ्क २० मा प्रकाशित)


र्माजीलाई देखेर रतनलालले चाहेर पनि उनी उसको आँखाको अगाडि नपरोस् । तर वर्माजीको दृष्टि निकै तेज थियो । भीडमा पनि रतनलाललाई खोजी निकाल्यो । तुरून्तै छोरा पठाएर बोलाए । साहेबले हुकुम दियोस् वा साहेबको छोरो । हुकुम भनेको त हुकुम हो । रतनलाल मन बिगार्दै नजिक गएर भन्यो, ’नमस्ते सर !’ 

यहाँ कहाँ घुम्दैछौं ? नमस्तेको जवाफमा साहेबले धमास देखाउँदै सोध्यो ।
’सर ! घरको लागि सामान लिइरहेको थिएँ । भोलि हामीले सत्यनारायणको कथा सुन्नेछौं होइन ?’

आजभोलि कथा–व्यथा धेरै सुन्नुहुन्छ, कुरा के छ ? तपाईं भिक्षु (सन्यासी) बन्नुहुन्छ ?
’होइन सर ! हामी हरेक पूर्णेमा (पूर्णिमा) कथा सुन्छौं, भोलि पनि पूर्णे हो, होइन र ?’

’राम्रो ! धेरै राम्रो ! यसै बहानामा केही धर्म त गर्दैछौं । केही गर्यौ भने पनि हामीले त फुर्सद नै पाउँदैन । खाली भएँ अनि बजार निस्किसकेको थिए । भोलि पप्पुको जन्मदिन छ। पार्टीको लागि सामान लिनुभएको हूँ । त्यसपछि केही सोचेर भन्यो, ’तिमी यसो गर, मसँग केही सामान किनेर लिएर जाऊँ । फेरि तिम्रो सामान गएर ल्याउनु ।’

’होइन सर ! रतनलालले औपचारिकताको रूपमा भनेका थिए किनभने उसले केही भनेको भए पनि साहेबले जे भन्छ त्यहीँ गर्नुपर्छ बजारको काम सकिएपछि साहेब जीपको नजिक आएर भन्यो, ’रतनलाल ! सामान ठीकसँग पछाडि राखिदिनु ।’

सबै सामान राखेर रत्नलालले सोध्यो, ’सर ! अब म जाऊँ ?’
’ठीक छ, तिमी जाउ, तिम्रो सामान पनि लिनुपर्छ अनि सुन, बिहान अलिक चाँडै घरमा आउ । पार्टीको तयारी गर्नुपर्छ ।’

’हुन्छ सर !’ यति भन्दै रतनलाल मनमनै फत्फताउँदै फर्कियो,
’यसको आँखामा मोतिबिन्दु पनि नभाको ।’

अनुः डा. कमला तामाङ, मिरिक दार्जीलिङ

---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment