Sunday, March 2, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)

 

"अचेल हजुर काम छाडेर खाली बस्नुभाको छ हो र ?– कलाधरले आफ्नो ज्वाईंलाई घरमा आएको बेला सोधे ।

“हजुर ! अचेल काम गर्ने मनै लाग्दैन बुबा हजुर ।’’ –मुरारीले प्याच भन्यो ।

“किन सञ्चो छैन की ?’’ –कलाधरले सोधे ।

“ठिकै छ छन त ! मैले पनि आफ्नो घर गृहस्थी राम्रो बनाउने थिएँ तर.. !’’

–मुरारी बोल्दाबोल्दै रोकियो । “के भन्न खोज्नु भयो ? ज्वाईं राजा मैले बुझिन ।’’ –कलाधरले मुरारीको मनसाय बुझ्न खोजे ।

“कमाएर पनि के गर्ने आफूलाई लागेको गर्ने घरमा अधिकार छैन ।’’  –मुरारीले भन्यो ।

“ज्वाईं हजुरलाई कस्तो अधिकार दिएनन् घरमा ? काम गर्न र धन कमाउन कसैले रोक्यो र हजुरलाई ?’’ –कलाधरले सोधे ।

“मैले बाबासँग भने मलाई छुट्टाइदिनु तर सुन्दै सुन्नु भएन ।’’ –मुरारीले भन्यो ।

“अहिले हजुरका बालबालिका आमाबाबाले हेरदेख गर्नुभएको छ । हजुरले कमाएको धन चोखै बच्छ । पछि छुट्टै बस्दा सबै समान किनमेल गर्दा हजुरको तलब ठिक्क हुन्छ ।’’ –कलाधरले आफ्नो ज्वाईंलाई सम्झाउन खोजे ।

“बाबा हजुरलाई त थाहा नै रहेछ यहाँ तलब थोरै छ । मेरो हिस्साको सम्पत्ति बेचेर विदेश जान खोज्दा बाबाले पटक्कै मान्नु हुँदैन क्या ।’’ –मुरारीले भन्यो ।

“ए ए हजुरलाई त बाबाले कमाएको सम्पत्ति बेच्ने अधिकार पो चाहिएको रहिछ !’’ –कलाधरले  खिसिक्क हाँस्दै भने । 

 - दाङ, घोराही १८

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment