"अचेल हजुर काम छाडेर खाली बस्नुभाको छ हो र ?– कलाधरले आफ्नो ज्वाईंलाई घरमा आएको बेला सोधे ।
“हजुर ! अचेल काम गर्ने मनै लाग्दैन बुबा हजुर ।’’ –मुरारीले प्याच भन्यो ।
“किन सञ्चो छैन की ?’’ –कलाधरले सोधे ।
“ठिकै छ छन त ! मैले पनि आफ्नो घर गृहस्थी राम्रो बनाउने थिएँ तर.. !’’
–मुरारी बोल्दाबोल्दै रोकियो । “के भन्न खोज्नु भयो ? ज्वाईं राजा मैले बुझिन ।’’ –कलाधरले मुरारीको मनसाय बुझ्न खोजे ।
“कमाएर पनि के गर्ने आफूलाई लागेको गर्ने घरमा अधिकार छैन ।’’ –मुरारीले भन्यो ।
“ज्वाईं हजुरलाई कस्तो अधिकार दिएनन् घरमा ? काम गर्न र धन कमाउन कसैले रोक्यो र हजुरलाई ?’’ –कलाधरले सोधे ।
“मैले बाबासँग भने मलाई छुट्टाइदिनु तर सुन्दै सुन्नु भएन ।’’ –मुरारीले भन्यो ।
“अहिले हजुरका बालबालिका आमाबाबाले हेरदेख गर्नुभएको छ । हजुरले कमाएको धन चोखै बच्छ । पछि छुट्टै बस्दा सबै समान किनमेल गर्दा हजुरको तलब ठिक्क हुन्छ ।’’ –कलाधरले आफ्नो ज्वाईंलाई सम्झाउन खोजे ।
“बाबा हजुरलाई त थाहा नै रहेछ यहाँ तलब थोरै छ । मेरो हिस्साको सम्पत्ति बेचेर विदेश जान खोज्दा बाबाले पटक्कै मान्नु हुँदैन क्या ।’’ –मुरारीले भन्यो ।
“ए ए हजुरलाई त बाबाले कमाएको सम्पत्ति बेच्ने अधिकार पो चाहिएको रहिछ !’’ –कलाधरले खिसिक्क हाँस्दै भने ।
- दाङ, घोराही १८
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment