Sunday, March 2, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)


"मैना आज बुबालाई अलि सन्चो छैन राम्रोसँग हेरबिचार गर है’’ भन्दै सन्तोष कार्यालय गए । घरधन्दा सकेर उनी फेसबुक हेर्न लागिन् । बिरामी ससुराबा बिहानै खुवाउनुपर्ने औषधी खुवाउन बिर्सेछु भन्दै मैना बुबालाई खाजा र औषधी खुवाइन् ।

सन्तोष कार्यालयबाट घर आउने बेलामा गाडीमा एकजना आमाले “बाबु मलाई छोराबुहारीले घरबाट निकाले । मेरो जाने ठाउँ कतै भएन । आज एकदिन बास दिनुहोस् न बाबु’’ भनेर सन्तोषको पछिपछि लागिन् । सन्तोषलाई पनि माया लागेर आयो र घरमा लिएर आए । मैनाले बुढासँग को आएको होला भन्दै हेरिरहिन् । सन्तोषले सबै कुरा बताए ।

खाना खाने बेलामा ससुरबा र आमा दुबै जनालाई सँगै राखेर खाना दिइन् । खाना खाएर दुबै जना गफ गर्दै आ–आफ्ना दुःखहरू सुनाउन थाले । सन्तोष पनि बुबाको छेउमा गएर बसे ।

सन्तोषका बुबाले भने “छोरा, तँलाई धेरैधेरै धन्यवाद । म यी दुःखी आमासँगै मिलेर बस्न चाहन्छु ।’’ सन्तोषले खुशी हुँदै भने “दुबै जना खुशी हुनुहुन्छ भने म हजुरहरू बाँचुन्जेल खुशी हुनुहोला र एकअर्कालाई खुशी राख्नुहोला, बधाइ छ ।“ यति भनेर सन्तोषले एकअर्काका हातमा हात राखिदिए ।

- सिन्धुपाल्चोक हालः काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment