"निम्तालु त थुप्रै रहेछन् ?’’
मन्त्रीको छोरीको बिवाहमा भिडभाड देखेर पुरानो मित्रका नाताले उपस्थित एक निम्तालुले मन्त्रीलाई सोधे ।
“अँ छन् अलिअलि ।’’ मन्त्रीले अझै कमै भएको संकेतमा कुरा गरे ।
“कसरी यत्रा भए ?’’ निम्तालुले जिज्ञासा राखे ।
“भोटरहरू सबैलाई निम्ता दिए, पार्टीका कार्यकर्ता भै हाले, उद्योगी व्यापारीलाई छोड्न भएन, बन्धुबान्धव, घर गाउँले, भाइ भारदार आदि त हुन् ।’’ उनले फेरहिस्त बताए ।
“केही काटछाँट गर्न नमिल्ने रहेछ?’’ निम्तालुले थप जिज्ञासा राखे ।
“मन्त्रीको रवाफ ।’’ मन्त्रीले ठाँटिदै जवाफ दिए ।
निम्तालुले नम्र भएर भने, “मन्त्रीको सान मलामी कमाउँदा पो हुने होइन र ?’’
– लोकन्थली, भक्तपुर
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment