Pages

Wednesday, July 9, 2025

लघुकथा (अङ्क २५ मा प्रकाशित)


शुभम नामको १३ वर्षीय बालक बिहान सबेरै उठेर विद्यालय जाने तयारी गर्दै थियो । ऊ सरकारी विद्यालयमा कक्षा आठमा अध्ययन गर्थ्यो । मोबाइल उसको हातमा स्थिर थियो, तर किताबहरू छेउमा थन्किएका थिए । उसका अभिभावकले पटक–पटक उसलाई पुस्तक पढ्न प्रेरित गरे, तर ऊ डिजिटल संसारमा नै रमाउँथ्यो ।

शिक्षक कक्षामा आएर “नेपालको शिक्षा प्रणाली” विषयमा छलफल गर्न थाले। शुभमले ध्यान दिएन, किनभने उसले हिजो रातभर अनलाइन गेम खेलिरहेको थियो । शिक्षकले टेक्नोलोजीको महत्व बताउँदै भने, “सही उपयोग गर्दा प्रविधिले हाम्रो ज्ञानलाई विस्तार गर्न सक्छ ।”

तर, शुभम जस्ता धेरै बालबालिका अनलाइनमा मात्र सीमित हुँदै थिए । उनीहरू डिजिटल माध्यमलाई ज्ञान प्राप्त गर्ने मुख्य स्रोत मान्थे, तर पुस्तक तथा गुरुजनको मार्गदर्शन उपेक्षित थियो । गाउँका वृद्धहरूले चिन्ता व्यक्त गरे, “हाम्रा नयाँ पुस्ता अक्षर चिन्न नसक्ने अवस्थामा पुग्ने हुन् कि ?”

शिक्षा मन्त्रालयले प्रविधि र परम्परागत शिक्षाको तालमेल मिलाउन आवश्यक भएको निष्कर्ष निकाल्यो । नयाँ कार्यक्रमहरू थालनी गरियो, जसले बालबालिकालाई पुस्तकसँगै प्रविधिको सकारात्मक प्रयोग गर्न सिकाउँथ्यो ।

शुभमले आफ्ना शिक्षकको सल्लाहलाई आत्मसात् गर्दै दैनिक पुस्तक पढ्न र मोबाईल हेर्ने समय मिलाउन थाले । थोरै समयमै उसले पढाईमा सुधार देख्यो । यसरी, प्रविधि र पारम्परिक शिक्षाको सही तालमेलले बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न सक्छ ।

-दक्षिणकाली नगरपालिका ९, टल्कु

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment