मलाई अभिनय सिकाउने गुरू नै त्यस टेलिफिल्मको निर्देशक हुनु हुँदोरहेछ । विद्यार्थीको नाताले पहिलोपटक घरबेटीको छोराको रूपमा सानो भूमिका पाएको थिएँ । उक्त टेलिफिल्मको शुटिङ सानेपाको एउटा घरमा हुँदै थियो । अग्रज कलाकारहरूको पालो नसिद्धिकन आफ्नो पालो आउने कुरै भएन । अनि मज्जाले शुटिङ हेर्न थालें ।
एउटा टेबुलमा चारवटा मेच राखी कलाकारहरू बसेर शरीरको आधा भाग माथिको मात्र शुटिङ गर्दै थिए । त्यो भन्दा मुन्तिर पुरूष कलाकारहरूको खुट्टाले महिला कलाकारहरूको संवेदनशील अंगमा अर्को शुटिङ हुँदै थियो । त्यो अश्लील हर्कत देखेपछि मलाई पचाउन साहै्र गाह्रो भयो ।
मेरो पालो त्यहाँबाट टाप ठोकें ।
- चाबहिल सरस्वतीनगर, काठमाडौँ
.............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment