Pages

Wednesday, July 9, 2025

लघुकथा (अङ्क २५ मा प्रकाशित)


मलाई अभिनय सिकाउने गुरू नै त्यस टेलिफिल्मको निर्देशक हुनु हुँदोरहेछ । विद्यार्थीको नाताले पहिलोपटक घरबेटीको छोराको रूपमा सानो भूमिका पाएको थिएँ । उक्त टेलिफिल्मको शुटिङ सानेपाको एउटा घरमा हुँदै थियो । अग्रज  कलाकारहरूको पालो नसिद्धिकन आफ्नो पालो आउने कुरै भएन । अनि मज्जाले शुटिङ हेर्न थालें ।

एउटा टेबुलमा चारवटा मेच राखी कलाकारहरू बसेर शरीरको आधा भाग माथिको मात्र शुटिङ गर्दै थिए । त्यो भन्दा मुन्तिर पुरूष कलाकारहरूको खुट्टाले महिला कलाकारहरूको संवेदनशील अंगमा अर्को शुटिङ हुँदै थियो । त्यो अश्लील हर्कत देखेपछि मलाई पचाउन साहै्र गाह्रो भयो । 

मेरो पालो त्यहाँबाट टाप ठोकें ।

- चाबहिल सरस्वतीनगर, काठमाडौँ

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment