Pages

Monday, August 11, 2025

अनुवाद लघुकथा (अङ्क २६ मा प्रकाशित)


एक पटकको कुरा हो सौन्दर्य र कुरुपता समुद्रको किनारमा भेट भए । अनि उनीहरूले एक अर्कालाई भने, “जाउँ समुद्रमा स्नान गरौं ।”

त्यसपछि दुबै निर्वस्त्र भए र समुद्रमा पौडन शुरु गरे । केही बेर पछि कुरुपता पानीबाट बाहिरियो र सुन्दरताको पहिरनमा सजिएर हिँड्दो भयो । 

केही बेर पछि सौन्दर्य पनि पानीबाट बाहिरिइन, अनि आफ्ना वस्त्रहरू खोज्न थालिन्, अनि उनलाई निर्वस्त्र रहन लाज भयो र कुरूपताको बस्त्रले आफ्नो शरीर ढाकिन् र अगाडि बढिन् ।

अनि त्यसै बेलादेखि नर–नारीहरू यस कुरामा झुक्किँदै आइरहेका छन् ।

अझै पनि त्यस्ता कोही छन् जसले सौन्दर्यको रुप देखेका छन्, अनि उनको झुक्याउने पहिरनको बाबजुद उनलाई चिनेका छन् । अनि त्यस्ता पनि छन् जसले कुरुपताको रुप चिनेका छन् अनि कुनै पनि पहिरनले उसलाई उसको नजरबाट लुकाउन सक्दैन ।                                               

अनुवादकर्ताः एकदेव अधिकारी

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment