मेरो घरमा मुसाहरू धेरै आएर हैरान पारे, कसरी भगाउने होला ?’’ सुमनले भुवनलाई सोध्यो ।
“मुसा धपाउन धेरै सजिलो छ । घरमा गणेशको फोटो वा मूर्ति राखेर साँझ बिहान पूजा गर्नुपर्छ, दुई चार दिनमा मुसाहरू गायब हुन्छन् ।’’ भुवनले उपाय सुझायो ।
सुमनलाई भुवनको जुक्ति चित्त बुझेनछ । उसले, “यस्तो वैज्ञानिक युगमा पनि कस्तो पुरातन सोच राख्नुभएको ?”, भन्दै तथ्यमा आधारित कडी भए मात्र बताउन आग्रह गर्यो ।
तत्पश्चात् भुवनले, “मुसा पकड्न ’गमको जाल’ उपयोगी हुने सुझाव दियो ।
गमको जाल राखेर सुमन मुसा पकड्न सफल भयो ।
दुवै सोच मग्न भए, “राजनीतिका मुसालाई पनि पकड्ने जाल बनाउन सके समृद्ध नेपाल र सुखी नेपालीको सपना पनि पूरा हुने थियो कि ?’’
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment