Friday, October 24, 2025

लघुकथा (अङ्क २८ मा प्रकाशित)


"आमा, यसपालिको दशैँ खुब धूमधामले मनाउनु पर्छ है !’’ पाँच वर्षपछि विदेशबाट आएकी कान्छी छोरीले आमालाई गर्ल्याम्म  अङ्गालोमा कसेर भनी ।

हिजैदेखि घरमा आफन्तहरूको जमघट सुरु भैसकेको थियो । जेठी छोरी ज्वाइँ र नातिनातिना बोकेर ४/५ दिन माइती बस्छु भनेर आएकी थिई । सन्तानका नाममा दुई मात्र छोरी थिए, उनीहरूका  । दुवै सन्तान साथमै भएकोले जोईपोइले साउती गरे, "यस्तो संयोग कहिलेकाहीँ मात्र आउँछ त्यसैले दशैँमा कुनै बिलौना नगरौँ, है !’’

अष्टमी परेकोले बिहानै घरमा बोका ढलेको थियो । कवाफ, भुटन सबै तयार भयो । साँझपखको समय, सबै दशैँको वातावरणमा रम्दै थिए । सबैलाई मीठा मीठा परिकार पस्किएपछि उनले सादा खाना लिएर बसिन् । आमाको भाग देखेपछि कान्छी छोरीले भनी,  "मासु  भनेपछि हुरुक्क हुने आमालाई के भयो ? अनुहार पनि मलिन देख्छु । सञ्चो भएन कि ?’’

उनले आफूलाई रोक्न सकिनन्,  "आँखाबाट बलिन्द्र आँसु झार्दै भनिन्,  ॅॅदेश दुखेको बेला एउटी आमा कसरी हाँस्न सक्छे र, छोरी ?’’

- तीनकुने, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment