लघुकथाकार लता के.सी.को सफलता नामक लघुकथासङ्ग्रहभित्र उनले लेखेका कदम, आरोप, प्रभाव, बुझाइ, भोेक, कुण्ठा, अदृश्य, कला लगायत विभिन्न शीर्षकका ६१ वटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत ६१ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् । यस सङ्ग्रहभित्रको कदम शीर्षकको पहिलो लघुकथामा छोरीको इच्छाअगाडि आमाबाबु लाचार भए । बिहे भयो । पहिलो रातमा नै केटाले गजबको कदम चाल्यौ नत्र यति सहजै हाम्रो बिहे कहाँ हुन्थ्यो र ? भनेको बारेमा लेखिएको छ ।
यस सङ्ग्रहभित्रका लघुकथामा आन्तरिक तथा बाह्य दुबै दृष्टिबिन्दुको उपयोग भएको छ । लघुकथाको आयाम छोटोछरितो हुन्छ । छोटोको मापन गर्ने एक स्थूल आधार शब्दसङ्ख्या पनि हो । कसैले २५० र कसैले ३०० शब्दलाई एउटा लघुकथाको अधिकतम शब्दसीमा मानेका छन् । प्रभाव शीर्षकको लघुकथामा दर्शकदीर्घाबाट समर्थकहरूको कोलाहल मच्चियो । वातावरण तातेर उधुम भयो । भर्खर सत्र बसन्त टेकेकी रिनाले छमछम नाचिरहँदा सबै लठ्ठ परिरहेका थिए भनेर लघुकथाकार लताले लेखेकी छिन् ।लघुकथाकार लताका कथाहरू छोटा भए पनि निक्कै अर्थपूर्ण छन् । कथाका विषयवस्तु विविधतापूर्ण छन् । भोेक शीर्षकको लघुकथामा बिरालोले कुकुरलाई विश्वास दिलाउँदै म दुध भात खाएर आउँछु । बरु तेरा लागि मासु कहाँ र कति छ भनेर बुझेर आउँछु नि । अनि तैले मासु र भात खानू । हुन्न ? भनेको छ । फरक शीर्षकको लघुकथामा आफूले बेचेको खसी र पालेकोे भाइका बिचको अन्तर देखाउँदै मानवीय बेइमान चरित्र उजागर गरिएको छ । बालापन शीर्र्षककोे लघुकथामा रमाइलो बालापनको स्मरण गरिएको छ । नातिसँगै मोबाइलमा रमाउने क्रममा बालापनको स्मरण भएको हो ।
लघुकथा अहिलेको लोकप्रिय विधा हो । अन्य विधामा स्थापित सर्जकहरू पनि लघुकथामा कलम चलाउन थालेका छन् । सफलता लघुकथा सङ्ग्रहबाट लता लघुकथाकारको अवतारमा देखिएकी छिन् । निर्णय शीर्षकको लघुकथामा बाबु फाल्ने डोेको लोककथामा झैँ बाआमालाई उपेक्षा गर्ने बाबुुआमालाई नातिका प्रश्नले झस्काएको छ । विचित्र शीर्षकको लघुकथामा देशैभरि चुुनावको चहलपहल बढ्दो थियो । कालुु गाउँ छाडेर सहर छिर्छ । उसले टोल टोल घुम्दै हिँडेका कुकुरहरूको जुलुस देख्छ ।
सङ्ग्रहभित्रका सबै लघुकथाहरू सवाल्टर्निक छैनन् । विषय र विचारगत विविधता लताका कथाहरूको विशेषता हो । चेली शीर्षकको लघुकथामा पोइको सधैँँजसो जाँड धोक्ने बानीले उनी आजित थिइन् । सधैँ उही विषयमा घरमा कलह मच्चिरहन्थ्यो भनिएको छ । सफलता लघुकथासङ्ग्रहभित्रका लघुकथामा सामाजिक यथार्थको सूक्ष्म चित्रण पाइन्छ । अनुुरोध शीर्षकको लघुकथामा मानिसले प्रकृृति या धर्तीको रक्षकबच नष्ट गरेको हुँदा अनेक किसिमका रोगव्याधि र महामारीको प्रकोप बढेको बारेमा देखाइएको छ ।
लताका प्रायः लघुकथाले गह्रुङ्गो औपन्यासिक खुराक बन्न सक्ने विषयवस्तुलाई लघुकथाभित्र अटाएका छन् । सूक्ष्मता, तीब्रता, घनत्व, व्यङ्ग्य, सन्देश, पात्रको सन्तुलन र विपरित मार्गबाट जीवनबोध गराउनु लघुकथाको आधारभूत तत्वहरू हुन् । लताको लघुकथाको भाषा सरल, सहज र सुबोध्य छन् । परिवर्तन शीर्षकको लघुकथामा कार्यालयमा काम धेरै भएकाले साँझ उनलाई घर पुग्न ढिलो भयो । शरिर थकित थियो । कोठामा पस्नासाथ उनी ओछ्यानमा पल्टिइन् भनेर लताले लेखेकी छिन् ।
लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अंग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । लघुकथाका सम्बन्धमा विविध परिभाषा, बिचार र दृष्टिकोणहरू छन् । जे भए पनि नेपाली साहित्यमा लघुकथाले आफ्नो अलग स्वरुप र विधा ग्रहण गरिसकेको छ । यसै सन्दर्भमा नेपाली समाजको यथार्थ भोगाइहरू यसभित्र लेखिएका लघुकथामा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार लताले मनन गरेकी छिन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । लताका लघुकथा उनले देखेको व्यक्ति, समाज र राष्ट्रका साथै सुनेका घटनामा पनि आधारित छन् । यिनका कतिपय लघुकथा समय र स्थान सीमाका रुपमा पनि आएका छन् ।
यस सङ्ग्रहका थोरै लघुकथा शिक्षासम्बद्ध छन् । कर्म शीर्षकको लघुकथामा दाउरे भारी बोकेर गन्तव्यतिर हिँड्योे । दाउरेले यसरी नै गुजारा चलाउँथ्यो । पसिनाले पेट र परिवार पाल्नु उसको नियति बनेको थियो भनेर देखाइएको छ । मनस्थिति शीर्षकको लघुकथामा हामी सबै कर्मचारीहरू कम्पनीलाई घर ठान्थ्यौ । दिलोज्यान दिएर काम गर्थ्यौ । प्रगति देखेर कम्पनीका मेनेजर निकै खुुसी थिए भनिएको छ । लघुकथाकारको व्यङ्ग्य चेत, सामाजिक चेत तथा समसामयिकता प्रशंसनीय छ । लता के.सी.को लघुकथामा हाम्रो समाजको चरित्र स्पष्ट रुपमा देख्न सकिन्छ ।
कृतिः सफलता (लघुकथासङ्ग्रह)
लघुकथाकारः लता के.सी.
प्रकाशकः हाम्रो लघुकथा केन्द्र
संस्करणः वि.सं. २०८० पहिलो
मूूल्यः रु. २००/–, पृष्ठः ९२
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment