Wednesday, April 1, 2026

लघुकथा (अङ्क ३३ मा प्रकाशित)


एउटा वकुल्लो आँखा चिम्लिएर एउटा खुट्टामात्र टेकेर पोखरीको किनारमा ध्यानमग्न भै बसेको थियो । चराचुरुङ्गी माछा, सर्प, भ्यागुताहरू उसको वरिपरि पानीमा खेल्दै थिए । यो के बकुल्ला हामीलाई ठुगी त हाल्दैन भन्दै नजिक नजिक हुँदै खुट्टै वरिपरि खेल्दा घुम्दा पनि बकुल्ला समाधिमा बसे जस्तै मुक्त भएर ध्यानमा बसिरहेको थियो । अरु साना जलचरहरूलाई बकुल्ला एकदम ध्यानमा मग्न छ । हामीलाई केही गर्दैन भन्ने पूर्ण विश्वास भएपछि वरिपरि स्वतन्त्र रुपमा खेल्न थाले । त्यही मौका छोपेर बकुल्लाले एउटा माछोलाई क्वाप्प मुखमा हालेर निल्यो र फेरि पूर्ववत ध्यानमा बस्यो । फेरि केही मिनेटपछि यी सबै क्रियाहरूलाई बिर्सेर बकुल्ला ध्यानमै बसेको छ भन्ने भ्रममा माछाहरु फेरि उसैको वरिपरि खेल्न थाले, आँखा अगाडि देखेको सत्यलाई मनमा राख्न नसक्दा र चेतना नभएपछि गल्ती दोहोरिनाले फेरि कसैको ज्यान जान सक्छ ।

–मण्डिखाटार, बरफेदी, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment