Friday, June 12, 2026

शान्ति ‌कंडेल न्यौपानेका चार कविताहरू


 विदेशको वाध्यता

मेरा आँखा ओसिला छन् बाढी पैरो देख्दा रुन्छु कहिले जिन्दगीका झाडी मैलो देख्दा केराघारी बन्न पुग्छु कहिले बन्छु केको आँधी चल्दा जिन्दगीमा खोजेको छु टेको चारैतिर मायाजाल बुन्न मन लाग्छ पालमुनि बस्न पाए पानी आफैँ भाग्छ त्यसै त्यसै ओइलाएर बस्नुपर्छ घर सबै गए विदेशमा छैनन् वरपर एयरपोर्टमा दिन दिन विदेशीको लर्को नेपालको बसाइ पनि हुन थाल्यो चर्को आजभोलि चाडबाड ओइलिएको देख्दा खुसी छैनन् कोही पनि फेसबुकमा भेट्दा टाढैबाट निधारमा टीका थाप्नुपर्छ बुझ्दै जाँदा बस्तीतिर अब चाप्नुपर्छ नेपालमा उठाएनन् चिया खा’को कप खै कसरी पूरा गर्छन् लगाएको गफ ? नेपालका सबै चाड आफ्नै जस्ता थिए न्वारन बिहे व्रतबन्ध विदेशीले लिए मुखमा आउँछ झुन्डेको छ परदेशी भयौ कहाँ पाऊँ ? कता खोजौँ ? घरदेशी गयौ !
*****
छोरालाई अर्ती

यी आँखाका नानी जस्ता दुई छोरा हेरी मुटु पोल्छ सङ्घर्षका कुरा गर्दाखेरि सुखमा छन् साथी जस्ता बोक्छन् दुःख भारी दायाँ-बायाँ गर्ने छैनन् अप्ठ्यारोमा पारी खर्चको छ जोहो गर्नु माया मात्र भर्नू सधैँभरि आफ्नो घर सजाउने गर्नू क्याम्पस पढ्न जाने बेला सरासर जानू गुरुवाणी पूरा गर्नु सधैँ गरी खानू समयको फरकले दृष्टि फरक हुन्छ स्विकारेर हिँड्नू छोरा सबको मन छुन्छ पढीलेखी पौरखका चङ्गा उडाउनू सङ्घर्षका पाङ्ग्रा फेरी रथ गुडाउनू निराशामा बस्नुहुन्न दुःख पर्दा कहिले विश्वास गर्नु स्वभावलाई बुझेपछि पहिले हामीलाई माया गरी तिमी अघि बढ्नू अप्ठ्याराका सिँढीलाई मिलाएर चढ्नू पाहुना आए जस्तो जुनी कति साँचिएला ? कालको पनि हुन्न ठेगान कति बाँचिएला ? मेरा अर्ती राम्रा मानी भर्याङ चढ्नुपर्छ पछि फर्की नओर्लनू अघि बढ्नुपर्छ ।
*****
शून्य समाज
जिन्दगीले मलाई मात्र पिर पारिरह्यो पटक पटक मारिरह्यो सधैँ खारिरह्यो ब्रह्माण्डझैँ लाग्ने गर्थ्यो आलोकाँचो हुँदा धर्म कर्म हराएछ समयले छुँदा कहिले फूल फुल्ला भन्दै बगैँचाको आसमा पिसिएर घुन जस्तै चामलको रासमा कसो होला जिन्दगीमा कस्तो होला भन्दै कहिले हिँड्छु तलतिर कहिले माथि धाउँदै कुन बेला पड्किने हो बन्दुकको गोली धेरै थरी कामको बाजा बज्ने होला भोलि जिन्दगीको अनुभूति गराउने छन् सबै जूनतारा देखाएर लोभ्याउने छन् खुबै थरी-थरी सम्झनाले छाती कोतरेर राख्नु छैन दिनुपर्छ सबै निथारेर मैले ठाउँ छोड्ने दिन कति रुने होलान् गन्तव्यमा पुग्ने दिन मुटु छुने होलान् त्यसपछिको हिँड्ने बाटो कस्तो हुने होला बेला बेला झड्का अनि ऐठन लाग्ने होला सबैजना जुट्नुपर्छ भन्छु आवाजमा कोही हुन्नन् त्यतिबेला शून्य समाजमा ।
*****
आशान्वित चेलीको जीवन
जीवनले सुख दुःख पीर पनि दिन्छ सहारा र माया पाए आफैँ उज्यालिन्छ आज-जसो दिलको राजा सम्झाउने गर्छन् भोलिपल्ट विदेशतिर राम्रो साइत गर्छन् छोरा-छोरी सानै हुँदा आधार छैन उनको आफन्तको भर हुन्न जोहो गर्छु नुनको अबदेखि बस्नुपर्छ घरमा मालिक भई काम पाउने हुन् कि होइनन् विदेशमा गई छोरा-छोरी बढाउनु र पढाउनु छ मैले उनी विदेश जाँदा लाग्ने रिन तिरूँला कहिले ? छोरा-छोरी केही भन्दा मन चस्किहाल्छ पर-पुरुष घरमा आउँदा मन झस्किहाल्छ छोराछोरी स्कूल जाँदा दिउँसो एक्लै हुन्छु अप्ठ्यारोको अवस्थामा फोन गर्दै रून्छु कति बसौँ सहारा र माया गुमाएर टेक्ने हाँगा भाँचिएझैँ हुन्छ कतिखेर कता गए होलान् ऐले जस्तो मात्र लाग्छ सोच्दा-सोच्दै भोक तिर्खा निद्रा टाढा भाग्छ नाङ्गिएझैँ लाग्छ रुख कहिले फुल्लान् फूल ? फेरि पनि रसाउलान् त सुकेका ती मूल ?
*****

.................................
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment