रातको दुई बजेको थियो ।
निशा निदाएकी थिइनन् ।
जुनेली रात, बाहिर उज्यालो ।
झ्यालबाहिर जुत्ता बजेको आवाज आयो ।
उनले पर्दा सारिन् । तीन छायाँहरू, एउटा हातमा छुरा ।
उनको हृदय कम्पित भो मोबाइल टिपिन् । नम्बर थिचिन् – १०० ।
“हामी आइपुग्छौं । सुरक्षित रहनुहोस् ।’’
पाँच मिनेटभित्र चिच्याहट आयो । सडकमा मानिसको लास थियो ।
पुलिस आयो । निशालाई साक्षी बनाए ।
“तपाईंले देख्नुभयो ?’’
“देखेँ ।’’
“कसैलाई चिन्नुहुन्थ्यो ?’’
–ऊ मौन भई ।
पुलिस अफिसरले तिखो नजरले हेर्यो ।
“त्यो तपाईंको श्रीमान् होइन र ?’’
निशा काँपिन् ।
ओठ सुकिसकेका थिए ।
“हो…“
“तर म उनलाई बचाउन चाहिनँ ।’’
पुलिस स्तब्ध ।
निशाले खल्तीबाट मोबाइल निकालिन् । एउटा भिडियो खोलिन् ।
क्यामेरामा थियो–
“श्रीमान्ले आफैंलाई छुरा रोपेको ।
र, मलाई साक्षी बनाए ।’’
–ललितपुर
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment