Monday, December 4, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

 जङ्गलीपन

-डा. राजेन्द्र परदेसी
लखनऊ, भारत    


धैरै दिनपछि गाउँ जाँदै थिएँ । गाउँ नजिकैको रेल–वे स्टेशनमा बाल मित्रसित अचानक भेट भयो । यसै बीच केही तीठामीठा कुराकानीले अतीत सम्झायो ।
– धेरै वर्षपछि भेट भयो । के गर्दै छौ?
– दिल्लीको एक कम्पनीमा काम गर्छु तर यता हत्तपत्त आउन भ्याउँदिन् ।
– आज, यहाँ कसरी आयौ नि?
– बुबालाई लिन आएको, उहाँलाई डाक्टर देखाउनु छ ।
– उहाँलाई के भएछ?
– उहाँको खुट्टा दुःखेकोले यताउता हिँडडुल गर्न अलि गाह्रो भइराखेको छ रे !
– अहिले कस्तो छ?
– पहिलेभन्दा अलि जाती भएको छ तैपनि एकपल्ट डाक्टरलाई देखाउन पाए केही मन हलुका हुन्थ्यो कि भन्ने आशाले लिएर जान यहाँ आएको ।
– बुबा कता बस्नु हुन्छ?
– उहाँ खेतीपाती गरेर बस्नु भएको छ ।
– उहाँलाई आफ्नै ठाउँमा बोलाउनु भए हुन्थ्यो । खेतीपाती त उहाँले अब गर्न सक्नुहुन्न होला । अतः उहाँलाई तिमी कहाँ नै डाकेर आरामले राख्नुपर्छ ।
– मैले धेरै पटक लगिसकेँ । २/४ दिन बसेपछि गाउँ फर्किन जिद्दी गर्नु हुन्छ, के गरुँ?
– गाउँको जस्तो मन जाँदैन होला ।
– त्यसैका लागि भनी कोठामा टिभी र एसीसमेत लगाइदिएँ तैपनि मन जाँदैन रे !
– उहाँलाई यसबाट आखिरमा के हुन्छ?
– यसमा पनि मेरो मन जाँदैन रे ! आफ्नो गाउँ घर पुग्नु र घुम्नुको छुट्टै मज्जा छ रे ! इनारको पानी बाल्टिनमा भरेर तान्नुको आनन्द नै बेग्लै छ रे ! यो सुख सुविधाले बुबाको मन छुन सकेन । गाउँकै माया र सम्झना आउँछ रे ! योभन्दा त्यो जङ्गलीपन राम्रो भएपछि मेरो के लाग्छ ।

यिनै सहरी मानसिकता सुनेर मित्र मौन रहन विवश भए ।

अनुः गगनदीप सर्व

No comments:

Post a Comment