कोसेली
-कल्याण पन्त
काभ्रे, पनौती हालः कपन, काठमाडौँ
गह्रुङ्गो झोला बोकेर भाइ दिदीको घर बास बस्ने गरी आइपुगे । उनले दिदीका अघिल्तिर झोला राखिदिए । “सानोे बट्टामा दही, एकजोर सारीचोलो, भान्जाभान्जीका लागि मिठाई र खेलौनाहरू...” उनले झोला फुकाइन् ।
गोठमा गाईभैंसी कराए । घाँस पराल गर्नुपर्ने, दुहुनुपर्ने । पछि कुरा गरौंला भन्दै दिदी गोठतिर झरिन् । भाइ सासुसँगै रहे । करिब दश मिनेट बात मारेपछि सासुले भनिन, “बाबु ! बस्ने गरेर आउनु भो कि फर्कने गरेर ? नभए आज यतै बसे पनि भो ।”
यो वाक्यले साँझै परे पनि भाइले फर्कने विचार गरिहाले ।
साँझमा दिदीले भाइलाई देखिनन् । उनले सासुको व्यवहारको अड्कलबाजी गरिन् ।
दुई महिनापछि भाइ फेरि दिदीकहाँ गह्रुङ्गो झोला बोकेर दिउँसै आए । सासूको अघिल्तिर झोला बिसाए । त्यहाँ एक माना घिउ, एकमाना मह, कुरौनी थियो । त्यति नै बेला भाइले भने, “मुमालाई भेट्न मात्र आएँ, अब जानुपर्यो ।” वाक्य सकिन पाउँदै-नपाउँदै सासूले डाँकोले टिप्दै भनिन्, “ए ! बल्लबल्ल महिनौं दिनमा आउनुभएको आज त जसरी भए पनि बस्नैपर्छ ।”
mero address Kalyan sir ko ma parechha
ReplyDelete