Thursday, March 21, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

भाषण

-दीपक लोहनी    
कुरिलो घर, काठमाडाैँ 



भेंडाहरूको भीडमा स्यालले भाषण गर्‍यो ।

- 'यो ठाउँमा पीच बनाउने म नै हूँ ।'
- 'पानीको पाइप मैले नै बिछ्याए ।'
- 'बिजुलीको लागि पावर हाउस मैले नै बनाएँ ।'
भेडाहरूले पररर ताली पिटे ।

स्याल रौसिंदै गयो -
- "म मीठो गाँस उपलव्ध गराउँछु ।"
- "म थप सुविधा सम्पन्न बास दिनेछु ।"
-  "शिक्षा र स्वास्थ्यमा झन् फड्को मार्छु ।"
भेंडाहरूले फेरि पररर ताली पिटे ।

स्यालले भाषण ठोक्नु ठोक्यो ।
र, भाषण ठोकेर भीडबाटै अलप भयो ।
भेंडाहरू मीठा सपना बोकेर खोरमा फर्किए ।

आश्चर्य,
एउटा कलिलो भेंडालाई मारेर त्यही खोरमा स्यालहरू भोज गरिरहेका थिए ।


No comments:

Post a Comment