विक्रम पाण्डेको लघुकथाहरु समावेश भएको तृप्त नामक लघुकथा सङ्ग्रह लघुकथा संसार मासिक अनलाइनले व्यक्ति विशेष अङ्क २०८१ साउनमा प्रकाशित गरेको छ । यसभित्र उनले लेखेका नातावाद, सतीको श्राप, कुलत, नियति, भाग्यवादको रहस्य लगायत विभिन्न शीर्षकका ३६ वटा लघुकथाहरु समावेश गरिएका छन् । नियति लघुकथा मधुपर्क मासिक पत्रिकामा २०६६ सालमा प्रकाशित भएको उनले लेखेको पहिलो लघुकथा हो । यसभित्र समावेश भएका उनका तमाम लघुकथाले सामाजिक परिवेश र बिसङ्गतिलाई उदाङ्गो पार्न खोजेको छ । यस सङ्ग्रहभित्रको नातावाद शीर्षकको पहिलो लघुकथामा अधिकारको सदुपयोग गर्ने परम्परा कहीँ लोप हुन लागेको त होइन ? आशङ्का सर्वत्र व्यापक छ भनिएको छ ।
सतीको श्राप शीर्षकको लघुकथामा यथास्थितिमा रमाउन चाहनेहरुले षड्यन्त्रका तानाबाना बुन्न थालेका छन् । तर ऊ कहीकतै नचुकेकाले उनीहरुको दाल गल्दै गलेन भनिएको छ । कुलत शीर्षकको लघुकथामा दिन महिना वर्ष निरन्तर आफ्नो सुर तालमा ढल्दै गयो । तर उसको आनीबानीमा सकारात्मकताभन्दा बढी नकारात्मकताले व्यापक लिएको छ । पाण्डेले लेखेका लघुकथाहरु निकै नै राम्रा छन् । यस सङ्ग्रहको नामसँग जुधेको नियति शीर्षकको लघुकथामा गोरुको कुरा नसकिदै आधुनिक किसान निद्राबाट ब्युँझे भै भयो र भन्यो - विज्ञानले रात दुगुणा दिन चौगुणा प्रगति गरेको पक्कै हो भनेको छ ।
यस कृतिभित्र सरल नेपाली भाषामा लेखिएका लघुकथा रहेका छन् । लघुकथालाई नेपाली भाषा साहित्यमा स्थापित लघु आख्यान विधाको रुपमा लिन सकिन्छ । लघु अर्थात् छोटो र कथ्य भएपनि यो छोटो कथा तर सानो आकारको कथा हुनु हो । आकस्मिक उठान र कौतुहलताले लघुकथामा सुनमा सुगन्ध थप्ने काम गर्छ ।
पाण्डेको यस सङ्ग्रहभित्रका अधिकांश लघुकथा व्यङ्ग्यात्मक छन् । हाम्रो देशमा देखिएका विकृति तथा विसङ्गतिले उनीभित्रको लघुकथा सर्जकलाई आक्रान्त पारेको छ र त्यस्ता सङ्गतिहीनताप्रति व्यङ्ग्य गरेर सुधारको सन्देश दिनु उनका लघुकथाको विशेषता हो । यस सङ्ग्रहभित्रका लघुकथाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेका छन् । अङ्शबण्डा चित्रकेशर समाजका प्रतिष्ठित व्यक्तिमा दरिन्थे । उनको अर्ति उपदेश एवम् सल्लाहलाई गाउँका सबैले ध्यान दिन्थे, त्यस उपर चिन्तन मनन गर्दथे भनिएको छ ।
आगो तपाइ शीर्षकको लघुकथामा सधैँ झैँ एक बेलुकी आगो तापेपछि बल्दैको दाउरामा पानी खन्याइ निभाएर फेरि भोलि आगो ताप्नका लागि बाँकी राखिएका दाउरा त्यसैमा मिसाएर सबैजना आ-आफ्नो कोठामा गएर न्यानो महसुस गर्दै सुते । आश्वासन शीर्षकको लघुकथामा मसँग एउटा पनि ज्याकेट, कोट अनि सुइटर कुनै केही छैन । यसैले मलाई त जाडो सहने बानी परिसकेको छ भन्दै बृद्धले जवाफ दिएका छन् ।
झुटी आमा शीर्षकको लघुकथामा एउटा पाँच वर्षको बच्चाको आमा मर्छिन् त उसको बाउले अर्को विवाह गर्न पुग्छ । एकदिन त्यो वाउले आफ्नो छोरालाई नजिकै बोलाउँछ र सोध्छ तँलाई तेरो नयाँ आमा र पुरानो आमामा के फरक लाग्छ ? मेरो पूरानो आमा झूटी थिइन् । तर नयाँ आमा भने एकदम सही र सत्यवादी छिन् भनेर पाँच वर्षको बच्चले जवाफ दिन्छ ।
हाड, मासु र छालाको पुतला शीर्षकको लघुकथामा केही समयपछि त्यो मासु हाड र छालाको आकृति उहि ढाँचामा यसरी बिलायो कि उसलाई कतै कुनै होश हवास नै भएन भनिएको छ । लघुकथासङ्ग्रह तृप्त पाण्डेको धेरै वर्ष अघिदेखिको प्रयास प्रयत्न एवम् श्रमको उपज हो । जीवन बाँच्दै जाने क्रममा उब्जिएका भाव, बिचार घटना-परिघटना अनि देखे भोगे सोचेका विषयवस्तुहरुलाई लघुकथाको रुप दिएर पाठक माझ पस्केका छन् ।
नेपाली साहित्यमा लघुकथाको आफ्नै विशिष्ट स्थान छ । आजको समयले लघुकथालाई झन् लोकप्रिय बनाएको छ । कथा आफैमा पूणर् भएजस्तै लघुकथा पनि स्वयम्मा पूणर् हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूणर् हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ ।
...साथ सहयोगको खाँचो


No comments:
Post a Comment