एक पितालाई थाहा थियो कि उनको छोरो गलत बाटोमा यात्रारत छ, तर सन्तान मोहमा परेर उनी सत्यबाट निरन्तर बेखबर बनिरहेका थिए ।
अन्ततः उनको घर भताभुङ्ग लथालिङ्ग भयो । नाता सम्बन्ध छुटेर, टुटेर–फुटेर छरपस्ट भयो । अनि जब मान्छेहरूले भने–“तपाईंले नियन्त्रण किन नगरेको ?”
प्र्रतिउत्तरमा तब उनले रुँदै बोले– “मैले सबै कुरा थाहा पाएको र देखेको थिएँ र पनि, थाहा नपाएको र नदेखेको झैँ गरिरहेँ । माया मोहले मलाई आखिर अन्धो अनि अबुझ नै बनाइ दियो । परिणामतः आज मेरो घरपरिवारले यस्तो दुरावस्था भोग्नु पर्यो ।”
-हालः सूर्यविनायक–४, भक्तपुर
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment