उसो त जिन्दगीमा सबैले एकदिन दुनियाँ छोडेर जानु नै छ । उनी पनि गए, कुनै आश्चर्य भएन । नेपालीको औसत आयु बाँचेर गए ।
'तिमी घर जाऊ ! जनक तिम्रो बुबाको स्वास्थ्य अवस्था गम्भीर छ ।’
'ननसेन्स । बिहानै मलाई लोदर कुरा । किन सर ?’ ऊ मप्रति खनियो पो । मैले उसलाई अफिसभित्र तानें र भने 'तिम्रो बुबाले संसार छोड्नु भयो । तिमीलाई लिन तिम्रो छोरो आ’को छ । जाऊ उसँग गाउँमा सबै तिम्रो बाटो हेरेर बसेका छन् ।’ फेरि झोक्कियो र भन्यो– 'सर, एउटा चुरोट त खाउँ । एक गिलास त सुर्क्याउँ अनि जाउँला के भो त ? बाउ गैहाले ।’
मैले सम्झाएँ माने पो । छोरो रोयो तर उसले देखेन । जनकको ब्यहोराले मनै भारी भो । तिनै बाउ जसले उसको हुर्काई पढाई बढाईमा कति दुःख खेपे होलान् । कति पसिना बगाए होलान् । तर आज बाउकै मृत्युमा पनि सामान्य सम्वेदना देखिँन जनकमा ।
आजका कुपुत्रहरूको प्रतिनिधित्व गर्ने पात्र जनक मेरै अफिसको स्टाफ भएकोमा दुखी बन्दै रन्थनिएँ । बसिरहन सकिँन र बाहिरिएँ ।
- पनौती –१,काभ्रे
--------------------------------------
.....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment