"जहिले पनि स्वतन्त्रता चाहियो भनेर आवाज उठाइरहने तिमी नै होइन? … ल लेउ ! तिमीहरुले चाहेजस्तो प्रयोग गर, तिमीहरुलाई मनलागेजस्तो उपयोग गर … ।” भनेर तिनीहरुले मलाई एउटा ढुङ्गा दिए ।
ढुङ्गा त मैले माग गरेकै होइन । … ढुङ्गा दिएकोले म आश्चर्य चकित भएँ ।
त्यो ढुङ्गालाई कसरी प्रयोग गर्ने ? के गर्नलाई उपयोग गर्ने ? केही पनि थाहा छैन ।
धेरै दिनभयो तैपनि के गरुँ के गरुँ भएर दिन बिताइरहेँ ।
… … … …
ढुङ्गालाई मूर्ति बनाएमा त्यसले मलाई स्वतन्त्र भएर जिउने बाटो देखाउने हो कि भनेर मनमा लाग्यो … मैले मूर्ति बनाउन शुरु गरें । ढुङ्गालाई खोपें, समय जाँदै गएपछि आकृति देखियो ।
मूर्ति बनाउन सकेपछि मैले त्यो मूर्तिको नाम राखें – ‘स्वतन्त्रता ।’
समयबित्दै गयो, मूर्ति त्यसै छ मेरो कोठामा, निर्जीव, निष्प्राण !
जीवनको अलिकति पनि अंश देखिएन मूर्तिमा, न केही परिवर्तन नै देखियो ।
अब त त्यो मूर्तिले मलाई, मेरो अनभिज्ञतालाई, मेरो लाचारी अवस्था देखेर जिस्क्याइरहेको झैं प्रतीत हुँदै आयो ।
… … …
एकदिन त्यो ढुङ्गाको मूर्ति लिएर तिनीहरु कहाँ फाल्न लगें ।
“तिमीहरुले दिएको ढुङ्गा तिमीहरुलाई नै ! स्वतन्त्रता कसैसँग पनि मागेर लिनुपरेको छैन ।” भनेर म फटाफट फर्केर आएँ ।
दोधारहीन्, निर्भीकपूर्ण आफ्नो निर्णयले अब मलाई स्वतन्त्ररुपले जिउन ऊर्जा दिएझैं अनुभव गरें ।
आज मैले बुझें – आफूले त्यत्रो सङ्घर्ष गरेर प्राप्त गरेको स्वतन्त्रता, कसैसँग मागेर लिनु परेको छैन, त्यसलाई प्रयोग गर्ने आफ्नै हातमा छ, स्वतन्त्रलाई उपयोग गरी बाँच्ने आफ्नै कामले हो … ।
यसरी आफूभित्र भेटिएको दिशा सङ्केतले म ‘म’ भएर बाँच्ने दृढताले जरा फैलिएर गएको मैले महशुस गरें ।
- नयाँबानेश्वर, काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment