यतिसम्म छ समाजमा जस्तो लागेकै थिएन । यसको भेउ के होला ठान्दै म श्रीमान र छोरी बसेको कोठामा पुगेँ । श्रीमानको आवाज आयो, “आज किन तरकारीमा नुन नपुगेझैँ छ त अनुहार के भयो ?”
“यो लेख पढेर मलाई दिक्क लाग्यो ।” म नबोली बस्न सकिन ।
“के रहेछ र त्यस्तो अनुहार नै बिगार्नु पर्ने सुन्नपाए हुन्थ्यो नि !” बुढा उत्साहित हुँदै बोल्नुभयो ।
“छोरी मान्छेलाई महिनावारी हुँदा चुलोचौको र मन्दिर जान रोक लगाइएको, प्रसङ्गसहित एउटी नारीलाई छाउपडी गोठमा राखेको समयमा जङ्गली हात्तीको आक्रमणमा परेर ज्यान गुमाएको कुरा छ । अहिलेको यस्तो शिक्षित समाजमा पनि कस्तो विडम्बना क्या !” मैले यथार्थ ओकेलेँ ।
“यस्ता घटना हुन्छन् कतैकतै । छोड्देऊ बरू एककप तातो चिया खुवाउन ।” उहाँले प्रसङ्ग बदल्नुभएकाले म झर्किएरै बोलेँ, “दिमाख नै तातेको बेलामा के चिया पिलाउनु ? साक्षर घोषणा भएको जिल्लाको हालत यो छ ।”
उहाँ मुख बिगार्दै बोल्नुभयो, ”छोड्देऊ क्या ! स्थानीय सरकार छ । गरिहाल्छ नि केही ।”
“त्यही स्थानीय सरकारको कुरा पढेर त मनमा आँधीबेहेरी चलेर म यहाँ आएकी ।” म बोलेँ ।
उहाँले अनुमान लगाउनुभयो, “के गरेछ स्थानीय सरकारले ? घर घरमा गई जनचेतना जगाउने र अनुगमन गर्ने अनि कसैले छाउपडी गोठमा महिलालाई राखेमा कानुनबमोजिम कारबाही गर्ने कुरा त होला नि । राम्रो गरेछ । अब चाँडै अन्त्य हुन्छ यो प्रथा ।
हत्तनपत्त म बोलेँ, “त्यसो भएको भए त घाम लागिहाल्थ्यो नि मुहारमा । स्थानीय सरकारले छाउपडी गोठमा राखेको समयमा महिलाको मृत्यु भएमा दस लाख दिने घोषणा गरेछ ।”
-कमलविनायक, भक्तपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment