Thursday, January 23, 2025

लघुकथा (अङ्क २० मा प्रकाशित)


रेक मानिसले राती सुतेपछि सपना देख्छ भन्ने हामी सबैलाई थाहा छ । कुनै यस्ता मानिस पनि छन् जसले आँखाको विष मार्न पल्टेका, दिउँसै सुत्ने, सुतिरहने, लगायतका व्यक्तिलाई सपना देखाइदिने, सपना साटिदिने काम पनि गर्दछन् । 

यहाँहरूलाई अनौठो लाग्ला तर कोही कोही अपवादका मान्छे पनि हुँदा रहेछन् । नेत्रलाल एउटा त्यस्तै अपवाद हो । सपना हेरफेर गर्नेमा ऊ माहिर थियो । मान्छेहरूले उसलाई महङ्गोमा भाडामा लिएर आफ्नो चाहनाअनुसार अरूको सपना बदल्न लगाउँथे । एक रात उसलाई आफ्नो किशोर छोरोलाई जिम्मेवार बनाउने खालको सपना देखाउन मन लाग्यो । नेत्रलाललाई यो काम सजिलो लाग्यो अनि सपना पनि देखाइदियो ।

तर बिहान छोरो जाग्यो, स्कुल छोड्यो अनि परिवारलाई सम्पूर्ण सम्पत्ति बेचेर जङ्गलमा बस्न कर गर्न थाल्यो । आत्तिएको नेत्रलालले तुरुन्त समस्या समाधान गर्न खोज्यो ।

नेत्रलालले फेरि प्रयास गर्‍यो । तर यस पटक छोरो जाग्यो र आफू १२औँ शताब्दीको सन्यासीको पुनर्जन्म भएको भन्दै सबै सुख त्याग्न थाल्यो ।

त्यसपछि नेत्रलालले बुझ्योः हालसम्म उसले अशिक्षित, बेरोजगार र गरिबको मात्रै सपना परिवर्तन गरिदिएको रहेछ । पढेका किशोरकिशोरीहरूको सपना हेरफेर गर्न खोज्नु भनेको आगोसँग खेल्नु जस्तै रहेछ ।


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment