Saturday, June 13, 2026

लघुकथा (अङ्क ३५ मा प्रकाशित)


चुर्लुम्म डुबेकी थिएँ –
मनको गहराईमा ।

पुग्नु थियो
सपनाको संसारमा ।

बनाउनु थियो –
सुनौलो भविष्य ।

उसले बाटो देखाउँदै गयो ।
म निसंकोच हिँड्दै गएँ ।
हिँड्दा हिँड्दै एउटा महल देखापर्‍यो । 

“के तपाईँको सपनाको महल यही हो?’’ उसले सोध्यो । 

“हजुर !’’ मैले विनम्रतापूर्वक जवाफ फर्काएँ ।

“त्यहाँ पुग्न यो भर्याङ चढ्नुपर्छ ।’’

मैले सहमति जनाएँ र चढ्ने प्रयास गरेँ ।

पहिलो खुड्किलो अलिक कठिन थियो ।
दोस्रोमा उमंग ।
तेस्रोमा आशा ।
चौथोमा सपना ।
पाँचौमा रहर ।
छैटौंमा भविष्य ।

…… …… …

… …… 

… ……


चढ्दै जाँदा आनन्दित भएँ ।
महलभित्र छिरेँ, रमाएँ र उसलाई डाकेँ ।

त्यही समय न त उ थियो ।
न त फर्कने बाटो नै ।

त्यहाँ मात्र विश्वासघातको काँडा रूपी वार थियो ।

–राजविराज (खर्साल टोल) सप्तरी

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment