"क्षति भयो भन्ने कि भएन भन्ने खै ! बस्दै आएको घर भत्कियो । भाइको खुट्टा भाँचियो । पालमा सुत्दै आएकाछौं ।” निरजले भन्यो ।
केहीक्षण रोकिएर उसले फेरि भन्यो “बाढीपहिरो नयाँ संरचना निर्माणको अवसर जस्तो पनि लाग्यो मलाई त । ..बाजेले बनाउनु भएको घर जीर्ण भइसकेको थियो । ‘चलेकै छ’ भन्ठानेर भत्काउनेतर्फ खास ध्यानदिएका थिएनौं । बाढीपहिरोमा पर्यो । …अब ऋण गरेरै भएपनि आफूलाई मनपर्ने नयाँ घर बनाउँछौं ।”
निरज पर पुगी सकेपछि मलाई लाग्यो— विपत्तिहरूलाई यसरी अवसरका रूपमा पनि हेर्न सकिने रहेछ ।
– बोझेपोखरी, ललितपुर
--------------------------------------
.....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment