“अझै बसेको भए पनि हुन्थ्योे । उता पनि काम होला तिम्रो । लु राम्रोसँग जाऊ है बाबू ।’’ रणजीत मल्लले बिदा दिँदै भने ।
वीरनरसिंह मीतसँगै दरबारको कलात्मक गेटसम्म आए ।
छुट्ने बेला वीरनरसिंहे भने, “मीतज्यू, मेरो ज्यान रोगी छ, धेरै समय बाँच्दिनँ होला ! मेरा बालाई आफ्नै बा जस्तै ठान्नू है ?’’
“ओहो ! कस्तो दुःखद् कुरा सुन्न पर्या यी कानले ! म उपचार गराउन्या हो तपाईंको । पीर नलिनू, म व्यवस्था मिलाएर यथाशीघ्र आउन्याछु ।’’
“लौ मीतज्यू, म तपाईंकै भरोसामा छु । तर औंला दिँदा डुँडुलो नै ननिल्दिनुहोला !’’
पृथ्वीनारायणले चन्द्रागिरी पर्वततिर हेर्दै भने, “त्यो त सब समयको खेल हो मीतज्यू ।’’
--------------------------------------
.....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment