Thursday, January 23, 2025

लघुकथा (अङ्क २० मा प्रकाशित)



"अब त म गोर्खा जान हुम् । यहाँको बसाइँ र आतिथ्यता कहिल्यै भुल्न्या छैन ।’’ पृथ्वीनारायण शाहले मीतबासँग विदा मागे ।

“अझै बसेको भए पनि हुन्थ्योे । उता पनि काम होला तिम्रो । लु राम्रोसँग जाऊ है बाबू ।’’ रणजीत मल्लले बिदा दिँदै भने ।

वीरनरसिंह मीतसँगै दरबारको कलात्मक गेटसम्म आए ।

छुट्ने बेला वीरनरसिंहे भने, “मीतज्यू, मेरो ज्यान रोगी छ, धेरै समय बाँच्दिनँ होला ! मेरा बालाई आफ्नै बा जस्तै ठान्नू है ?’’

“ओहो ! कस्तो दुःखद् कुरा सुन्न पर्या यी कानले ! म उपचार गराउन्या हो तपाईंको । पीर नलिनू, म व्यवस्था मिलाएर यथाशीघ्र आउन्याछु ।’’

“लौ मीतज्यू, म तपाईंकै भरोसामा छु । तर औंला दिँदा डुँडुलो नै ननिल्दिनुहोला !’’

पृथ्वीनारायणले चन्द्रागिरी पर्वततिर हेर्दै भने, “त्यो त सब समयको खेल हो मीतज्यू ।’’


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment