उनले नै प्रथम स्थान हासिल गर्नेछिन् भन्नेमा सबै ढुक्क थिए । लगानी गर्नेले पनि दिल खोलेरै गरेको थियो, तर पराजयको नतिजाले सबै चकित भए । अनहोनी घटना भन्दै उनका समर्थकहरू सडकमा ओर्लिए । नाराबाजी भयो । भीँडमा गएर सम्बन्धित पक्षले जनमत संकलन सुरू गर्यो, "आखिर के कारणले प्रतिस्पर्धामा हार्नु पर्यो ?"
विभिन्न आवाजहरू पोखिए,
– आत्मविश्वासमा प्रचुरता हुनु
– प्रतिस्पर्धी बढी शक्तिशाली हुनु
– चाहिनेभन्दा बढी प्रचार हुनु
– अभ्यासको कमी हुनु आदित्यादि
सधै नै अद्भूत नृत्य प्रस्तुत गरेर विजय हात पार्ने उनी आज हारको अनुभव बोकेर भिडमा आइन् । उनले आफ्ना समर्थकहरूलाई शान्त रहन आग्रह गरिन् । उनीमाथि प्रश्नको वर्षा हुन थाल्यो । उनले शालीनताका साथ सबैको मन जितिन् ।
अन्त्यमा भनिन्, "प्रतिस्पर्धामा हारजीत स्वभाविक हो । जितेर मात्तिनु भन्दा हारेर सिक्नु ठूलो हुन्छ ।"
- तीनकुने, काठमाडौँ
--------------------------------------
.....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment