"आइय्या ! हँ हँ ! मरें ! मरें ! उफ्फ ! आइय्या ! हँ हँ !’’
“बुढा, के भो, झन सारो पार्यो क्या हो ?’’
“हँ हँ ! खै बुढी, के भन्नु । सहनै नसक्ने गरी दुख्दैछ । आइय्या !’’
“उता फर्किने हो बुढा ?’’
“अब कतै फर्कन्न बुढी । अब सिधै उकालो फर्कने बेला भए जस्तो छ । आइ®या ! हँ हँ ! आँखा अघि ऽऽऽ सबै ऽऽ कालो भएर आयो । अब म बाँच्दिन होला बुढी ।
यत्रो घरबार केटाकेटी कसरी थाम्छेस् कोनी । ल है तेरै जिम्मा अब । मेरो अब यात्रा यहीँसम्म रहेछ ।’’
“छिःछिः छिः बुढा, यस्तो हरेश कुरा नगरन । विश्वयुद्ध र कारगिल युद्धमा तिमी विजय भएर आउने वीर सिपाही पो त । पोहोर झन् छाती मै गोली लाग्या होइन? खोई बाँच्यौ त । अहिले नाथे माथिला घरेले जाबो छुरा पिठ्यूँमा हान्दा के अलसतलस परिराको । माथिला घरेलाई उसका गल्ती देखाउनै छ । तिमी उठ्नुपर्छ फेरी पोहोरको जस्तै ।’’
“हँ हँ ! आइय्या…… । हेर बुढी, सिमाना पारीबाट दुस्मनले हानेको गोली छाती मै लाग्दा पनि सहन सकिन्छ तर सिमाना वारीबाट आफन्तले हानेको ढुङ्गा पनि पिठ्यूँमा लागे सहन धेरै गाह्रो हुँदोरहेछ बुढी, यति कुरा बुझिराखेस् । हँ हँ ! आइय्या !
- रुम्तेक सिक्किम
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment