पाँचतारे होटलमा विहेको भोज खाएर बाहिर निस्किने क्रममा खुट्टा लड्खडाउँदै र जिब्रो लर्बराउँदै सुरम्भाले भनी– “साथी हो, ला ! मेरो हातको एउटा बाला नै छैन ।’’
“लौ ! कहाँ खस्यो होला त ?’’ तृष्णाले पनि उसैगरी भनी ।
“अघि डान्स रूममा साजनसँग नाच्दा मैले नाडीमा नै झल्किरहेको देख्या, कतिबेला खसेछ !’’ आश्चर्य मान्दै अरुणाले भनी ।
“होला, मैले यादै गरिनँ ।’’ आफू उभिएको भुइँतिर यताउति हेर्दै सुरम्भाले भनी ।
“अब कतिबेला कहाँ खस्यो होला त ! यत्रो भीडमा कसैले पाए पनि दिँदैनन् । तोलाको दुई लाख पुग्नै लागेको सुनको बाला ।’’ यसपटक सुरम्भाकी छिमेकी विजिताले भनी ।
“सबैजना तेही डान्स रुममा जाऊँ, भेटिन्छ कि कसैले नदेखेको भए ।’’ तृष्णाले अझै पनि बाला भेटिने आशा देखाई ।
तृष्णाले त्यसो भनेपछि सबैले एकैसाथ भने– “जाऊँ जाऊँ साथीहरू, बरु छिटो जाऊँ ।’’
“भैगो साथी हो, त्यहाँसम्म नजाने अब । मेरो खुट्टा पनि दुखिसक्यो । हरायो त हरायो, जाबो पच्चीस सय हरायो । सुनकै बाला भए पो !“ यति भन्दै सुरम्भा फिस्स हाँसी ।
- टीकाथली, ललितपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment