दुई/चारदिनमा फर्केर आउलिन्, त्याँ ! कहिल्यै नआउनु भन्नु । राम्ररी सम्झाएर आउनु ।’’ महिला वृद्धाश्रमको मूल प्रवेशद्वारबाट फर्कंदै गर्दा श्रीमतीले फोन गरेर पति सुबोधलाई अह्राइन् ।
सुबोध पुनः फर्कन्छ । ऊ असोचनीय दृश्य देखेर आत्तिन्छ । महिला इन्चार्ज र आमा हाँसीहाँसी बात मारिरहेका हुन्छन् । मानौं उनीहरू एक अर्कामा वर्षौँदेखि परिचित हुन् ! केही क्षणपछि आमा आफ्नो कोठातिर पस्छिन् । सुबोध इन्चार्ज सामु पुग्छ र भन्छ,
“मेडम, म केही भन्न चाहन्छु ।’’
“भन न, निष्फिक्री ।’’’
“हजुरहरू एकअर्कालाई कसरी चिन्नुहुन्छ?’’ सन्देह व्यक्त गर्यो सुबोधले ।
“सुन्न सक्छौ?’’
“अँ, हजुर ।’’ आतुरिएको छ ऊ ।
“बिहे भएको एक महिना नहुँदै देशको सेवामा कार्यरत उहाँको पति आफ्नो कर्ममा जानुपर्यो । दैवको लीला ! देशको निम्ति उहाँ सहिद हुनुभयो । अनाथ आश्रमबाट तिमीलाई मैले…….!!
सुबोधले धैर्यको सीमा गुमायो । ऊ दौड्दैँ आमा सामु पुग्छ । भिजेका आँखा पुछ्दै, निधार आमाको दुबै गोडामाथि राखेर भन्छ,
“मलाई माफ गर्नुहोस्, आमा । लु, छिटो घर जौँ ।’’
आमाले सबै बिर्सिएर न्यानो हातले, ममताको प्रतीक साडीको आँचलले सुबोधको आँसु पुछिदिदैँ भन्छिन्,
“नरो छोरा ! भैगो अब । उठ् । मेरो, यो संसारमा तिमीहरू बाहेक अरू को छ र !’’
- नाग्रिजुली, असम
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment