Saturday, March 1, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)


"मानिसको जीवन पनि उल्का जस्तै होइन र, बाबा ?’’ सन्दीपले टोलाएर आकाशतिर हेर्दै थप्यो, “टाढा–टाढाबाट आएर क्षणभरमा बिलाउँछ ।’’

बाबाले चस्मा मिलाउँदै भने, “उल्का त क्षणिक होला, तर त्यसको झिल्काले अँध्यारोलाई उज्यालो बनाउँछ । हाम्रो जीवन पनि त्यस्तै प्रभावकारी हुनुपर्छ ।’’

डाँडामाथि खुला आकाशमा  उल्का वर्षा सुरु भइसकेको थियो । ताराहरूको घना पृष्ठभूमिमा एउटा–एउटा झिल्काले आकाशलाई चिरेको दृश्य सन्दीपको आँखामा सपना झैँ ठहरियो ।

“बाबा, यस्तो क्षण सधैँ किन हुँदैन ?’’

बाबाले हाँस्दै बोले, “हरेक क्षण विशेष छैन, छोराबाबु । विशेष त तिनै पल बन्छन्, जसलाई हामीले अर्थ दिन सक्छौं ।’’

सन्दीपले गहिरो सास फेर्दै मनमनै इच्छा गर्‍यो । अर्को झिल्को चम्कियो ।

“जसले झिल्कालाई देख्छ, उसले जीवनलाई बुझ्छ ।’’ बाबाको भनाइ सन्दीपको मनमा गुञ्जिरह्यो ।

- बेलका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment