उसलाई सामन्तवादको विरुद्ध उचालेर आन्दोलनमा सरिक गराइयो । नयाँ व्यवस्थाका लागि, न्यायका लागि, गरिबी उन्मुलनका लागि, सुनौलो भविष्यका लागि, राष्ट्रको विकासका लागि, स्वाधिनताका लागि भन्दै उसलाई बन्दुक बोक्न लगाइयो ।
उसले घर छाड्यो । बन्दुक बोक्यो । आफ्नो परिवार छाड्यो । नयाँ परिवार बनायो । कयौँ मोर्चामा सामन्तवाद विरुद्ध सोचेर ज्यानको बाजी थापेर लड्यो । उसले युद्धहरूमा रगत बगायो । उसका कयौ सहकर्मीले बलिदानी दिए । कयौँ साथीका घरबार लुटिए । कयौँ साथीका सिन्दुर पुछिए । कयौँ बच्चाहरू अनाथ टुहुरा भए । कयौँ उसका मित्रहरू अपाङ्ग भए । उसले पनि दायाँ खुट्टा गुमायो ।
युद्ध शान्ति हुँदा उसका घर परिवार, उमेर बैँस, धन सम्पत्ति, अङ्ग प्रत्यङ्ग सबै गुमिसकेका थिए । उसले राष्ट्रमा सद्भाव र भाइचारा पनि गुमिसकेको पायो ।
युद्ध मोर्चामा कमाण्डिङ् गर्ने कमाण्डरलाई उसले सलाम ठोक्नु पर्थ्यो । युद्ध शान्तिपछि उसले छ्याङ् बुझ्यो, युद्धको मोर्चामा नेतृत्व गर्ने प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, ब्रिगेडियर कमाण्डरहरू सङ्घर्ष, मिसाइल, बिस्फोट, ग्रिनेट, ज्वाला, आगो आदि छद्म नामका कमाण्डरहरू त सबै सामन्तै पो रहेछन्। बुझ्दै जाँदा उसलाई सामन्तवादको विरुध्द उचालेर युध्दमा होमी स्वार्थ सिध्द गर्ने पार्टीको सर्बोच्च नेतृत्व पनि सामन्तै रहेछ ।
- लालबन्दी –४ सर्लाही
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment