Sunday, March 2, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)


गाउँमा धेरै पढेलेखेको असल स्वभाव, सहयोगी छलछाम गर्न नजान्ने मिलनसार श्याम नाम गरेको केटा थियो ।

उसको घरमा ठूलो परिवार भएको र घरमा आयश्रोत केही थिएन । बडो दुःखले गुजारा चलाई दिन काट्दथे । एक दिन श्याम जागिरको खोजीमा शहर झरे । धेरै ठाउँमा जागिरकै खोजीमा भैतारिँदै गर्दा उ हरेस खाइसकेको थियो !

घरको दयनीय अवस्थाले गर्दा जागिर खानुनै थियो । शहरको बाटोमा हिंड्दै गर्दा उसको एक अपरिचित मानिससँग भेट भयो । श्यामले आफ्नो कुरा ती अपरिचित व्यक्तिसामु पोखे ।

अपरिचित व्यक्तिमा केही दया पलायो र भन्यो, "मेरो घरमा केही काम छ तिमी गर्छौ ?’’
"हुन्छ गर्छु नी ?’’ श्यामले झटपट उत्तर दियो !

"ल हिड् मेरो घरमा’’ भनेपछि, श्याम उसकै पछि लागेर गयो ।

तिम्रो काम यी सामानहरू तिमीले बजारमा अर्डर भएको ठाउँमा पुर्‍याउनु पर्छ । काम हेर्दा सहज लाग्यो श्यामलाई तलब पनि प्रशस्त हुने काम पनि सजिलो ठानेर उसले स्वीकार गर्‍यो ।

एक दिन ती साहुले श्यामलाई सामान अर्डर भएको ठाउँमा पुर्‍याउन पठाए ।

श्याम सामान लिएर जाँदै गर्दा बाटोमा प्रहरीले उनलाई रोक्यो र सोधे, "के सामान ल्याउनु भो देखाउनु’’ भने । श्यामलाई बक्सभित्र के सामान छ भन्ने पनि थाहा थिएन !

श्यामले बक्स चेक गर्न स्वीकारे । प्रहरीले बक्स खोली हेर्दा लागुपदार्थ चरेस र अफिम रहेछ । तत्कालै प्रहरीले उनलाई समात्यो ।

साहुले यस्तो धन्दा र कारोबार गर्छ भन्ने उनलाई थाहा थिएन । श्यामले अफिम र चरेस भन्ने नाम पनि सुनेको थिएन ।

मजबुरीले बिचरा श्याम फस्यो । तर श्याम निर्दोष थियो ।
पारिवारिक गर्जो टार्न जागिर खान पुगेको श्याम नराम्ररी फस्यो ।

-पोखरा– १३, कास्की

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment